Saturday 26th September 2026

नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने


कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति कलाकारहरु गायक गायिका शिब परिवार र रचना रिमाल लाई कुवेत ल्याउने भएको कार्यक्रम संम्योजक दमोदर बाटलले मिढिया संग कुराकानीमा बताए।

प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै आइरहेको समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगर, राजेश पायल राई,मेचु धिमाल, प्रमोद खरेल,को साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छन।

उक्त दिन हुने सांगीतिक कार्यक्रमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ। उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।

कार्यक्रमको विवरण:

मितिः- मे 31 तारिक 2024 शुक्रबार

स्थानः- अस्पाएर ईण्डियन सेन्टरल स्कुल, जिलिप

समयः- बिहान ११ बजेदेखी

आयोजक :- नेपाल कुबेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...