Wednesday 22nd July 2026

पोखरामा एक युवालाई क्वारेन्टाइन राख्न खोज्दा तीन तला माथिबाट हामफाले


तिताेपाटी – भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए ।

बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी लिएर उनको घर पुगेका थिए । प्रहरीसहितको टोली घरमा देखेपछि पुलिसले पिट्छ भन्ने डरले तीन तलामाथिबाट हाम्फाल्दा उनी सामान्य घाइते भएका छन् ।

‘मलाई पुलिसले पिट्छ भन्ने डर लागेर हामफालेको हो । भारतमा पनि पुलिसहरुले धेरै कुटपिट गरेको थियो । विहार छिर्नुअघि पनि हामी त्यहाँको क्याम्प फोडेर भागेका हौँ । बिहारबाट नेपालको बोर्डरसम्म आईपुग्दा धेरै दिन भोकभोकै हिड्नु प¥यो,’बस्नेतले बताए ।

वडामा बस्नेत छिरेको थाह पाएपछि आफूहरु बस्नेतको स्वाव परीक्षणका लागि घर पुगेको वडा अध्यक्ष बरालले बताए । ‘उनलाई परीक्षण गर्न र क्वारेन्टाइनमा राख्नका लागि घरपुग्दा उनी हाम्फालिसकेका थिए । त्यसपछि उनलाई उपचारका लागि गण्डकी हस्पिटल लिएर आएका छौँ । अहिले आरटीडीका लागि स्याम्पल निकालिएको छ । त्यसपछि पिसिआरका लागि स्वाव निकाल्ने काम हुन्छ । उनलाई अव वडाकै क्वारेन्टाइनमा राखिन्छ । ’

भारतबाट नेपाल बोर्डर छिर्दा आइसी पाँचसय घुस दिएर बोर्डर छिरेको बस्नेतले बताए । ‘बोर्डर छिर्ने बेला भारतको पुलिसलाई पाँच सय आईसी दिएर नेपाल छिरेँ अनि कतै तरकारीको गाडीमा त कतै हिँडेर पोखरा आएको हो । हामीलाई पटकपटक टेष्ट गरियो । आफुलाई कोरोना छैन भन्ने लाग्यो र घर आएको हो । सर नत्र त आफ्नो परिवारलाई रोग सार्ने मन कस्लाई हुन्छ र ?’ बस्नेतले बताए ।

बाटोमा भोकभोकै हिडेर तर कहिले ट्रक चढेर पोखरासम्म आएको बताउँदै उनले भने –‘बाह्र दिन लगाएर घरसम्म आईपुगेँ । बाटोमा नि थुप्रै कष्ट काट्नुप¥यो । पिट्छ कि भनेर भागेको हो सरहरुले अहिले सवै कुरा सम्झाउनु भएको छ । अव क्वारेन्टाइन बस्नुपर्ला । बरु मरे पनि देशमा नै मरौँला । तर मलाई कोरोना लागेको छैन ढुक्क छु । ’
शनिबार मात्र पनि पोखरामा १२ जनाको टोली पथरीबाट आएको थिए । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फाइल तस्बिर

राताेपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...