Tuesday 14th April 2026

श्वास नभए पनि लाश त फर्काउ सरकार !


हरि कृष्ण न्यौपान], कुवेत – संसार यतिबेला कोरोना(कोभिड-19)को सन्त्रासमा छ। आफ्नै जन्मभूमिमा स-परिवार बसेका हुन वा परदेशमा पसिनासंग पैसा साटन पुगेका नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरु आ-आफ्नै समस्याका बिच पनि आ-आफ्नो सुरक्षामा लागि रहेका छन।यति हुँदा-हुँदै पनि कोरोना प्रकोपका कारण उत्पन्न रोजगारीका समस्याले वा बिबिध कारणले अप्ठेरोमा परेका नेपालीहरुले”घर जान पाउँ” भनिरहेका छन।सरकारले हुदैन पनि भनेको छैन र कहिले देखि वा कसरी यसरी विदेशमा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश ल्याउने अझै मुख खोलेको छैन।यसै गरि अन्तर्राष्ट्रिय उडान रोकिएको कारण यस अबधीभर (कोरोना बाहेक)अन्य कारणले बिदेशमा मृत्यु हुनेहरुको लाश सम्बन्धित मुलुकहरूमै रोकिएका छन।कुवेतमा मात्र मेई ११,२०२० का दिन सम्म ११ जनाको लाश रोकिएको छ।

यसै बिच बैशाख २८,२०७७ को मन्त्री स्तरिय निर्णय भन्दै चलानी नं र मिति समेत नराखी नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार बोर्डको सचिबालयबाट यसरी बिबिध कारणले बिदेशमा मृत्यु हुनेहरुको लाश ल्याउन नसक्ने र सम्बन्धित मुलुकमै अन्तिम संस्कारका लागि मृतकका नजिकको हकदारको सहमति पत्र सम्बन्धित जिल्ला कार्यालय मार्फत सचिबालायमा पठाउन सुचना निकालिएको छ। कार्यबाहक निर्देशक राजन प्रसाद श्रेष्ठद्वारा हस्ताक्षर गरिको सुचनामा भनिएको छ “यसरी सहमती दिने मृतक कामदारको हकदारलाई सान्त्वना/राहत स्वरुप ५०,०००/-(पचास हजार नेरु) दिइने छ।”

यसरी बिदेशमा ज्यान गुमाएका श्रमिकहरुको लाशलाई उतै अन्तिम संस्कार गरे ५० हजार राहत दिने सचिबालयको सुचनालाई मृतकको परिवारहरु तथा वैदेशिक रोजगारिको लागि गएका श्रमिकहरुको अधिकारका लागि काम गर्ने संघ-संस्था तथा मानव अधिकार कर्मिहरुले बिरोध गर्न थालेका छन।

कुवेतमा मेई ०६ तारिक,२०२०का दिन मृत्यु भएका कपिलवस्तुका बिष्णु प्रसाद न्यौपानेको श्रीमति चन्द्रकला न्यौपानेले नेपाल सरकारको यस्तो परिपत्रले आफूलाई पीडा माथी पीडा थपेको बताईन।मृतक श्रीमान संग ३ बर्ष देखि एउटै कम्पनिमा कार्यरत चन्द्रकलाले भनिन”कम्पनीले भिसा नवीकरणका लागि एक जनाको ४१० केडि( करिब १ लाख ५७ हजार नेरू) मागे पछि १०० केडि मासिक पारिश्रमिक हुने आफूहरूले तिर्न नसक्ने बताए पछि मार्च ३ तारिक देखि कम्पनीले भिसा क्यान्सिल गरेर क्याम्पमै राखेको बताइन्।हामिले १२ जनाको समस्या लिएर दूतावासमा समेत गुनासो गरे पनि कतैबाट सहयोग नपाए पछि घरै फर्किएर केही गर्ने सोच बनाएका थियौ।उनले रुदै भनिन”उहाँ आफ्नै जन्म भूमी फर्किन आँतुर हुनुहुन्थ्यो तर भगवानले सुनेनन।उहाँलाई मेई २ तारिक केही असजिलो भए पछि अस्पताल लगिएछ।उहाँ छैटौं तल्लामा बस्नु हुन्थ्यो म पहिलो तल्लामा।मलाई उहालाई अस्पताल लैजादा खबरनै गरिएन र ६ दिन अस्पतालमा रहदा समेत भेट्न दिईएन।” उहाँको मृत्युले २१ र १६ बर्षिय छोराहरु अनि बुढा भएका बुबा-आमा अझै धेरै चिन्तामा छन।जे जस्तो भए पनि सहनै पर्दो रहेछ।म सकेसम्म छिटो उहाको शब लिएर घर जान चाह्न्छु।उनले भनिन” मलाई एक रुपैयाँ पनि चाहिदैन तर उहाको शबलाई आफ्नै जन्म थलो कपिलवस्तु पुर्याएर हिन्दु संस्कार अनुसार दाहसंस्कार गर्ने ईच्छा छ।”बुबा आमा अनि छोराहरु उहाँको सास नभए पनि लाशको प्रतीक्षामा छन।”

कुवेतमा बिबिध कारणले मृत्यु भएका र लास पठाउन बाकी नेपालीहरुमा घरेलु महिला कामदारको रुपमा कार्यरत पूर्ण माया लोवा, देउ कुमारी कार्की(इलाम), कृष्ण देबि राना(बाग्लुङ) रहेका छन। त्यसै गरि अन्य कम्पनी सेक्टरमा काम गर्ने क्रममा मृत्यु हुनेहरुमा सोनी तामाङ(नुवाकोट), आइत बहादुर गुरुङ (लम्जुङ), अमित कपर (सर्लाही), राज कुमार निरौला (सुनसरी), बिष्णु प्रसाद न्यौपाने(कपिलवस्तु), जीवन पाठक (दाङ), मुना प्रजापति (भक्तपुर) र मान बहादुर आले (संखुवासभा) रहेका छन।

सबै मृतक आत्माको चिर शान्तिको कामना गर्दै पैसा संग पसिना साट्ने क्रममा कुवेतमा जीवन गुमाएका नेपाली श्रमिक दाजुभाई तथा दिदीबहिनीहरुको लास लकडाउन खुल्ने बित्तिकै लगियोस। श्वास नभए पनि लाश पर्खेर बसेका मृतकका परिवारहरुलाई आफ्नो धर्म र संकृती अनुसार अन्तिम संस्कार गर्ने ब्यबस्था गरियोस सरकार !


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

रुसले इरानको समृद्ध (enriched) युरेनियम आफ्नो नियन्त्रणमा लिन प्रस्ताव अझै खुला रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति…

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

प्रतिकृयाहरू
...