Friday 3rd May 2024

चामल चोर भन्दा आफै बाढन खोज्ने ठुलो चोर हो


तोयानाथ उपेक्षित, भनिन्छ खाडीमा १६ लाख नेपाली छन यसरी नै उस्तै काम र दामका लागि मलेशिया जानेको संख्या पनि काफी छ । अनि यीनै मलेशिया, खाडी, कोरिया लगायतका देशमा श्रम गर्न जाने करिब ४० लाख युवाहरु सवै भन्दा धेरै सामाजिक सञ्जालमा उफ्रिरहेका हुन्छन । त्यसमध्ये को एउटा म पनि हुँ ।

बास्तबमा देश विगार्ने नेताहरु हुन भन्ने सोचाईमा परिवर्तन जरुरी छ । देश विगार्ने त हामी हौं । एक त खेत बाझो छाडेर, महंगो व्याजमा ऋण काढेर विदेश पस्यौ । परिवारलाई शहरमा छाड्यौ र गाउँलाई गाली गर्न थाल्यौं । सकि नसकी स्मार्ट फोन खरिद गरयौं र कामबाट छुटपछिको समय श्रीमति तथा घर परिवारलाई भन्दा धेरै या त सामाजिक संञ्जालमा लगायौ या त अन्तै । यसो गर्नाले हामीसँग परिवार पनि खुशी छैनन । उनीहरुले आफ्नो खुशी अन्त खोज्ने अवस्थामा पुगेका छन, हामी अन्तै । हामी राज्य सँग पनि खुशी छैनौ । हामीबाट राज्यले गरेको अपेक्षामा पनि हामी ईमानन्दार भएनौ । हामी सरकार र राजनैतिक दलमाथि आक्रोश पोख्न थाल्यौ । फेक समाचार र नियोजित प्रचारका पछि धेरै दगुर्न बानी परर्यौ । यसको मतलब के पनि हो भने हामीले सवैतिर भाडभैलो मच्चाईरहेका छौ ।

हामी जहाँ बस्छौ त्यहाँ हाम्रो हैसियत के हो भनिरहन पर्दैन । यी देशमा सरकार कसरी चलेका छन दैनिक देखि रहेका छौ । अनुशासन बाटो हिडदा देखि ड्युटी गर्दा कस्तो हुन्छ हामी त्यसमा पोख्त छौ । कसरी को सँग बोल्ने हामीलाई यहाँ कसैले सिकाउन पर्दैन । हामी समालिएर बोल्छौ । सवै कुरा हरु निर्देशित छन हामी अवज्ञा गर्दैनौ । सामाजिक सञ्जालमा हामीले यहाँ भोगेका तिता कुरा कतै लेख्दैनौ । यहाँका सरकार र नागरिकहरुका गल्तीहरु हामी पटक्कै देख्दैनौ । किनकी कानून कडा छ । सजाय गर्छ भन्ने मनमा डर छ । ट्वीटर वा फेसबुकमा हामी कोही कसैले विरोध गर्दैनौ । हाम्रो अर्जुन दृष्टि नेपालमा छ त्यसमा पनि पार्टीकुलर नेता वा दलमाथि । विना प्रमाण बकबक गर्ने अधिकार हुन्न कसैलाई । यहाँका नागरिक पनि सरकारको विरोध गरेर हिडदैनन । प्रमाण नै भए पनि त्यसलाई प्रतिवाद गर्ने निकाय वा उजुरी गर्ने सँस्था हुन्छन राज्यका त्यहाँ न्याय माग्न पाईन्छ । उपचार राज्यले दिने संयन्त्रमा जानु पर्दछ । राजनीती गर्ने काम आम जनता वा नागरिकको होईन । अधिकार र हक माग्न भने पाईन्छ । हामीले यो बुझेका छौ त्यसैले कर्मथलोमा हामी चिमुसी ची भएर बसेका छौ ।

हामी प्रजातन्त्र वा लोकतन्त्र र वाक स्वतन्त्रताका कुरा धेरै गर्दछौ । राजनैतिक व्यवस्था र प्रणालीका गड्डी हाक्छौ तर आफूले काम गर्ने देशमा कुन तन्त्र छ हामीलाई मतलब छैन । तन्त्र जे सुकै होस, तन्त्र र मन्त्रले होईन, देश विकाश जनता र सरकारको संयुक्त पहलकदमीमा हुने रहेछ भन्ने बुझेर पनि हामी त्यो कुरा कतै गर्दैनौ । राजतन्त्रात्मक मुलुकमा कमाई खाएर बसेका हामीलाई यहाँ सवै कुरा ठिक लाग्छन । विकाश, न्याय, अनुशासन, कानून र अधिकारको प्रत्याभूती सवै मन पर्दछ तर आफ्नो देशमा हामीलाई आफैले ल्याएको व्यवस्थाका सवै कुरा नराम्रो लाग्छ । हामीले खोजेको चाही के हो ? अनि हामी के गर्दैछौ सोचौ त ? व्यवस्था मन नपरेको भए भन्न परर्यो । त्यही गाईजात्रा गर्न पाउनु पर्दछ भनेर हामीले प्रजातन्त्र ल्याएको हो भने हामी ले प्रजातन्त्र बुझेनौ त्यसलाई बदलौ । सामाजिक सञ्जालमा स्तरहिन, तर्कहिन, विबेकहिन, शिस्टता र सभ्यताहिन कुतर्क गरेर रमाउन प्रजातन्त्र चाहिएको हो भने त्यो बुझाई को समिक्षा गरौ ? प्रजातन्त्रको अपमान हुनेगरी जतिबेला पायो त्यतिबेला, अरुको अधिकार मिचेर चिच्याउन, सडकमा रमाउन पाउनु हाम्रो लागि महान उपलब्धी हो भने बेलैमा बुझौ त्यस्तो तन्त्रले देश बन्दैन । विधीको शासन र कानूनी राज्यका लागि सरकार कठोर भएकै राम्रो हुन्छ । त्यो भन्दा धेरै अनुशासन नागरिकमा हुन पर्दछ । सवै स्यालहरुले जंगलमा आफैलाई बाघ सम्झन थाले भने तीनलाई त स्याल नै होस भनेर संझाउन बाध ले एक्सन लिन्छ । सरकार भनेको बाघ हो । सरकार जंगलको बाघ जस्तो हुन पर्दछ । स्यालहरुलाई जंगल विरोल्न दिन बाट रोक्न पर्दछ ।

सामाजिक सञ्जालमा मनपरी भन्न पाउनु हाम्रो अधिकार हो ? जसले जसलाई तँतँ मम भन्न पाउनु पर्दछ भन्ने हाम्रो माग हो ? राज्यलाई पन्छाएर फोटो खिच्न र प्रचार गर्ने दानवीर हुन खोज्नुको अर्थ के हो ? अरुको स्वार्थसँग गासिएर आजभोली चामल बाढ्नेहरुले हिजो किन बाढेनन । एक छाक खान धौधौ पर्ने जनता हिजो थिएनन ? लक डाउनमा मात्रै किन तमासा ? दान दिने ले भिडियो र फोटा खिचेर बाढनुको मकसद के राजनैतिक अभिष्ट होईन ? रतन टाटाले भारत सरकारलाई अरबौको सहयोग गर्दा किन एउटा फोटो खिचेनन ? दान त्यसरी दिने हो कोही तयार छन यसरी दिन ? चामल चोर लाई छुट चामल बाढ्ने लाई जेल भनेर खुब प्रचार गरिन्छ । त्यो चोर को उद्देश्य त चोर्ने मात्र हो त्यसको पछि को नियत चोर्ने मात्र हो तर चामल बाढ्नेको उद्देश्य त्यो भन्दा खतरनाक छ । उ आफू हरितन्नम छ तर उसैले टनका टन राशन गोदाम मा राखेर बाढ्छ ? कहाँ बाट आउँछ त्यत्रो पैसा ? गहिराईमा गएर बुझ्न जरुरी हुन्ननर ? आतन्ककारीका खातामा पैसा नजाओस भनेर हरेक सरकारहरुले बंैकिंग कारोबारमा निगरानी र ट्रयाकिंग गरिरहेको हुन्छन किन ? राज्य सत्तामा प्रहार गर्ने खेल रोक्न लाई नै हो ? यो दान चन्दा पनि एकद्धार प्रणाली भनिएको यसैका लागि हो ? यहाँ भोका छन यहाँ नांगा छन तिनलाई खान देउ लाउन देउ भन्नु नागरिकको कर्तव्य हो । कसैले भ्रष्टचार गरर्यो भन्ने हो भने कानूनी बाटो बाट उपचार खोज्न सकिन्छ तर हचुवा र हावादारी आरोप लगाएर सरकार लाई कमजोर पार्ने खोज्नु अन्तत व्यवस्था माथिको प्रहार हो भनेर बुझन किन नसकेको हामीले ? हो कुनै दानबीर निस्कन्छ भने उसले स्थानिय निकाय वा राज्यसँग समन्वय गरेर दिन पाउदैनस कसले भन्छ ? जनताको विपत्ति, गरिबीमा खेल्न कसैले पाउदैन । सरकारलाई नराम्रो बनाएर आफू राम्रो हुन खोज्ने ले दान गरेको हो भने सधै गरेर देखाओस नत्र सस्तो लोकप्रियता का लागि प्रतिगमनकारीका गोटीहरुलाई सवैले बहिस्कार गर्न पर्दछ । देश हाम्रो अबुझपनाबाट संकटमा नफसोस ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...