Wednesday 30th September 2026

भारतमा कोरोना संक्रमितको संख्या ६० पुग्यो, ११ राज्य प्रभावित


तितोपाटी- भारतमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ। सबैभन्दा बढी संक्रमित केरल राज्यमा भेटिएका छन् भने उत्तरदेखि दक्षिणका ११ राज्यमा संक्रमण फैलिएको छ।

राज्यगत रुपमा महाराष्ट्रमा ५, केरलमा १४, कर्नाटकमा ४, तमिलनाडुमा १, राजस्थानमा ३, तेलंगानामा १, जम्मु कश्मीरमा १, लद्दाखमा २, दिल्लीमा ७, हरियाणामा १४ र उत्तर प्रदेशमा ७ जनामा कोरोना भएको पुष्टि भइसकेको छ।

कोरोना बढेपछि भारतीय सरकारले देशभरका सबै विमानस्थलमा यात्रीहरुमाथि निगरानी बढाउने भएको छ भने केन्द्र सरकारले बन्दरगाहमा अन्तर्राष्ट्रिय जहाजको प्रवेशमा रोक लगाएको छ।
राज्य सरकारहरुले पनि सतर्कता अपनाएका छन्। श्रीनगर र लद्दाखमा सबै स्कुल तथा कलेज बन्द गरिएका छन् भने केरलमा सिनेमाघरहरु ३१ मार्चसम्म बन्द गरिएका छन्। यस्तै, सबरीमाला मन्दिरमा श्रद्धालुलाई पनि रोक लगाइएको छ।
भारत सरकारले विदेशबाट आउनेहरुका लागि १५ अप्रिलसम्मका लागि भिसा रद्द गर्ने निर्णय गरेको छ। तर यो प्रतिबन्ध राजनीतिज्ञ, राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संगठनका कर्मचारीका लागि भने लागू हुनेछैन।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...