Friday 30th January 2026

पाैडेलले जन-सम्पर्क समिति उपसभापति पदबाट दिएको राजीनामा स्विकृत


तितोपाटी – गैरआवासीय नेपाली संघ, मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेलद्वारा नेपाली जन-सम्पर्क समिति कुवेतकाे उपाध्यक्ष पदबाट दिएको राजीनामा जन-सम्पर्क समितिले कुवेतले स्विकृत गरेको जनाएको छ।

नेपाली जन-सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटी डट कम लाइ गराएको जानकारी अनुसार उपसभापति पाैडेलले गत जनवरी १० तरिक मै राजीनामा दिएको भए पनि पार्टीकाे विधान अनुसार उपसभापतिको राजीनामालाइ ३ महिनासम्म रोक्न सकिने भएकोमा  हिँजो बसेको नेपाली जन-सम्पर्क समिति कुवेतको पांचाैं मासिक बैठकबाट पाैडेलको राजीनामा स्विकृत गरिएको हो।

तितोपाटी डट कम संग कुरा गर्दै सभापति बिरहीले भने, एक व्यक्ति दुइ पद हुनुहुदैन भन्ने मान्यतामा आफुहरू रहेकोमा हाल आएर गैरआवासीय नेपाली संघले संघको पदिय हैसियतमा रहेको कुनै पनि व्यक्ति राजनैतिक संगठनको सदस्य बस्ने नहुने भन्ने विज्ञप्ति पनि सार्वजनिक भएकोले जन-सम्पर्क समितिले समितिकी उपसभापति पाैडेलको राजीनामा सर्व सम्मतिले स्वीकृत गरेको हो।

स्मरण रहोस, एनआरएनएले कुनै पनि राजनैतिक, जातीय वा धार्मिक संगठनमा आवद्ध भएको व्यक्ति विशेष एनआरएनएको कार्यकारी पदहरूमा रहन नपाउने निर्देश गर्दै दोहोरो पदमा रहेमा कार्वाही गर्ने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...