सम्पादकीय – अर्काको आलोचना गर्न त मानिसलाई सजिलो हुन्छ तर आफ्नो आलोचना गर्न भने हिम्मत चाहिन्छ। अरुको आलोचना गर्दा सिमा र मर्यादाको कसैटीमा रहनु पर्दछ तर आफूलाई आलोचना गर्दा कसैलाई सोधिरहनु पर्दैन। यसको मतलब आफ्नो आलोचना एक हिसावले आत्माहत्या जस्तो चाहि होईन बरु त्यो भन्दा पनि कठोर सजाय हो। आत्माहत्या गर्नेले त्यसपछि कसैको कुनै प्रतिक्रिया सुन्न पर्दैन तर आफ्नो आलोचना आफैले गरेर पनि उ आलोचनाबाट मुक्त हुदैन। यसअर्थमा मानिसहरु आफ्नो आलोचना गर्न सक्दैनन बरु जिद्धी गर्दछन र झुटलाई जस्टिफाई गर्न वा झुठो कुरा थपेर साँचो बनाउन सकिन्छकी भन्न तिर लाग्दछन। यसैले आफूलाई आलोचना सवकोहीले गर्न सक्दैन। यहाँ हामी भने आत्मासमिक्षा गर्दै कोसेलीको कमीकमजोरी आफै खोतल्दै त्यसलाई स्वीकार गर्न लागेका छौं।
कोसेली विगत दुई वर्षयता वर्षदिनमा एक पटक प्रकाशन गर्ने समयले दिएको निर्देशन हो भन्ने हामी ठान्छौ। प्रिन्ट मिडियाको युगको उत्तरार्धमा हामीले पनि बाटो मोडेका हौ। यसले जहाँ सम्म लाग्छ खासै अप्ठयारो पारेको छैन होला। अहिले अनलाईन भन्दा पनि लाईभको युगमा हामी प्रिन्ट मिडियालाई कर्मकाण्डी अस्तित्वमा कायम राख्ने अवस्थामा छौ। संसारका सवै जसो मिडियाहरु यहि अवस्थाबाट गुज्रिरहेका छन्।
सन्दर्भ हो कोसेली छापा पत्रिकाको ३१ औ अंकको। यस अंकमा रहेका पानाहरु पहिलेकै संख्यामा रहे पनि आकारमा सानो भएर आएको छ। यसो हुनमा शव्द कम भएर नभई सुन्दर र छरितो साईज बनाउनलाई हो भन्ने हाम्रो प्रष्टोक्ति विमोचनमा नै भईसकेको छ। सवैले यसको पछिल्लो साईजलाई प्रशंसा गर्नु भएको छ तर कन्टेन्टमा थुप्रै त्रुटीहरू देखिएका छन। हामीले तयार पारेको कुरा सवै राम्रो छ भनेर जिद्धी हामीले गर्न हुदैन। हेर्दै जाँदा र पढदै जाँदा धेरै कमजोरीहरु पाईयो यसलाई आफैले खोज्दै औल्याउदै अब आईन्दा भावी दिनमा त्यस्तो नहोस भनेर बोलकवोल गर्दछौ। कोसेली र तितोपाटी एउटै मिडियाका दुई फरक स्वरुप भएकाले यसै अनलाईको यो सम्पादकीयलाई आधिकारीक मानेर हाम्रा कमजोरीलाई क्षमा दिनुहुनेछ भन्ने विश्वास आम कोसेलीका शुभचिन्तक र पाठकहरुमा गर्दछौ।
क्रमबद्ध रुपमा केही कमजोरीहरु प्रस्तुत छन हेरौ
१. कुवेतमा क्रियाशिल संघसंस्थाहरुको परिचय दिने क्रममा महाभुल भएको छ। एनआरएन छुटेको छ। यसो हुनमा नियतमा खोट भने पटकै होईन भन्ने कुरा एनसीसीको अध्यक्षको अन्तरवार्ताको प्राथामिकताले पुष्टि गर्दछ।
२. देश चलाउने र विदेशमा समेत शाखाहरु भएको राजनिती नै महत्वपूर्ण र बैधानिक संस्था हो तिनले पर्याप्त स्पेस पाएको छैन। उनीहरुको गतिविधी भलै नहोस अस्तित्वलाई महत्व दिन पर्ने थियो त्यसो भएको छैन यसलाई पनि गंभिर त्रुटी भएको हामीले मानेका छौ।
३. पत्रकार महासंघ कुवेत शाखाको स्थापना र यसको सक्रियताले कुवेतमा सामाजिक क्रियाकलापको गतिविधीमा कति धेरै उत्प्रेरणा दिएको छ भन्ने कुराको व्याख्या जरुरी छैन तर यसमा पनि मिडिया ग्रुप कै अंगको रुपमा जन्मेको कोसेलीमा उसलाई कतै राखिएन ।
निश्कर्ष ः हामीले कोसेलीको ३१ अंक अति नै छोटो समयमा प्रकाशन गर्यौ। निर्णय भएको एकाध महिनामा पत्रिका तयार भयो। समाग्रीहरु समयमा आईपुगेनन् । फ्रेव्रुअरी ७ मा गर्ने भनेर निर्णय भए पनि अन्य संस्थाले पहिले नै तय गरेको मिती थियो भन्ने सुचना पाए पछि त्यस दिन हामीले उहाँहरुको निम्ति त्याग गर्यौ। कार्यक्रम जुधाउन नहुने मान्यता राखेर एक साता अगाडी तान्यौ यसले हामीलाई झनै कोसेली तयार गर्न तनाव भयो। यद्यपी हामीले जे जस्तो भए पनि प्रकाशन गर्यौ। हामीलाई अन्तिम एक शुक्रवार सवै सामाग्री केलाउन समयले साथ दिएन। हतारमा काम गर्दा केही गंभिर प्रश्न उठे केही संवेदनशिल संस्थाहरु छुटे। समग्रमा यसले हामीलाई गतिलो झापड हानेको छ। हामी रियाक्सनमा नगएर रियलाईज गर्न पुगेको हुदा सवै सँग कोसेली क्षमा चाहान्छ। कमजोरीहरुलाई सकरात्मक रुपमा लिईदिनु हुन अनुरोध गर्दछौ। यसरी नै वार्षिक उत्सवमा समयले साथ नदिएर आतिथ्यता गराउन र सम्बोधन गर्न दिन नसकिएको कुरामा पनि क्षमा चाहान्छ। कोसेलीले व्यवहारको कसीमा सवैका आवाज सधै नै उठाईरहने छ।