तोयानाथ उपेक्षित – अमेरिकाको पासोमा परेका कुनै पनि देश उभो लागेका छैनन । दक्षिण कोरियाको कसैले उद्धाहरण देलान तर अमेरिका त्यहाँ हुदैनथ्यो भने विश्वयुद्ध पछि टुक्रा पारिएका यी दुई कोरिया धेरै पहिले एकिकरण भईसक्ने थिए । जसरी पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकिकरण ईतिहास भईसक्यो । अहिले पनि दक्षिण कोरियाको शासन अमेरिकाको निर्देशनमा चल्छ तर उत्तर गरिब भए पनि आफ्नै स्वभिमान र अभिमानले बाँचेको छ ।
अफ्रिकन देशहरुमा जहाँ जहाँ अमेरिका पस्यो ती देशहरु एसैको गुलाम छन जो छैन वा हुन्न भन्छ त्यसको भविश्य पनि डमाडोल पारिन्छ । किनकी त्यो महादेशमा त्यस्तो शक्ति राष्ट्र छैन जसले अमेरिकालाइ सिधा चुनौती दिन सकोस । सुडानको हालत एकदमै दयनिय बनेको छ । लिवियामा अशान्ति छ । यमनमा अमेरिकी अस्त्र साउदी मार्फत प्रहार भईरहेका छन । ईराक उहिल्यै ध्वस्त भयो । अफगानिस्तान को हालत सवैले देखिरहेका छन । पाकिस्तान अमेरिकाको पछि लाग्ने भएर चौपट भयो । उसका आँखा भरखरै खोल्दैछ तर उसलाई पनि अमेरिकी पासोबाट मुक्त हुन धेरै समय लाग्छ किनकी भारत मौका हेरेर बसेको अवस्था छ । चीन र रुसको छत्रछायाँमा रहेका मुलुकले मात्र आफ्नो अस्मिता बचाउन सकेका छन ।
भरखरैको घट्ना हेरौ यदि ईरानको पछि चीन र रुस रहदैनथे भने ईरानमा यतिवेला बमहरु खसीरहेका हुने थिए । सिरियाको पछि रुस हुदैनथ्यो भने अर्साद यतिवेला झुण्डिसकेका हुने थिए । अमेरिका संसारमा आफ्नो प्रभुत्व जमाउन चाहान्छ साम,दाम,दण्ड र भेदको निती लगाएर आफ्नो गुलाम बनाउन प्रयास गरिरहेको हुन्छ । जब राजनैतिक पहुच र शक्ति आफ्नो नियन्त्रणमा हुन्छ तब त्यो राष्ट्रको अर्थतन्त्रमा उसले एकाधिकार लाद्न थाल्दछ । “माने मान नमाने हान” यो अमेरिकाको पोलिसी हो ।
ईतिहासमा कसैको गुलाम नबनेको नेपाल अव अमेरिकाको गुलाम बन्ने हो की भन्ने डर पलाएको छ । भारत र चीनको विकाश र बैभवबाट नेपालले कसरी लाभ लिने त्यसप्रकारको कुटनितीलाई सावधानी र विवेक पूर्वक अपनाउन पर्छ भन्ने बहस चल्दाचल्दै यी दुई मात्र नभएर अमेरिका घुस्न लागेकोमा खुशी हुने भन्दा दुःखी हुनेको संख्या ज्यादा छ । किनकी अमेरिका जहाँ पस्छ त्यो देशलाई सक्छ भन्ने अब संसारले बुझिसकेको छ ।
एमसीसीको माध्यामबाट नेपालमा अमेरिका पस्ने हो भने त्यसले यहाँ गर्ने धर्म प्रचार पनि हो । त्यसले जातिय भिडन्त पनि अवस्य गराने छ किनकी अमेरिका युद्धमा व्यापार गर्ने मुलुक पनि हो । तिब्बत विरोधी क्रियाकलाप गराउने र चीनबाट अलग पार्ने त उसको निती नै छ । यस्तो खतरनाक उद्देश्य लिएको अमेरिकाले नेपाललाई माया गरेर लगानी गरेको बुझ्ने र बुझ्न लगाउने मुर्खता नेताहरुले गर्न हुदैन । यस्तो घातक उद्देश्य र निहित स्वार्थ भएको अमेरिकालाई किन सत्ता पक्ष र प्रतिपक्ष नेपालमा भित्र्याउन चाहान्छन यी विचारणीय कुरा हुन तर नेपाली जनता भने निक्कै सचेत रहेको पाईन्छ । यो निक्कै राम्रो पक्ष हो । अमेरिकाले सुरक्षित स्पेस खोज्नु त्यसका लागि संसदिय अनुमोनदन खोज्नु रको पछाडी पनि ठुलै रहस्य लुकेको छ ।
जब एमसीसीको खोल ओढेर अमेरिका नेपालमा पस्छ त्यसपछि चीन नेपालसँग चिढिने छ र उसले आफ्नो राष्ट्रिय स्वार्थ विपरितका गतिविधी विरुद्ध निर्मम प्रहार गर्ने निश्चित छ यसो भयो भने नेपाल महाशक्ति राष्ट्रको रणभूमी बन्न कति पछि समय लाग्दैन । त्यसपछि नेपाल जाने भनेको सिरिया, लेबनन र ईराकको बाटोमा नै हो । यसर्थ अमेरिकाको ललिपप अस्वीकार गरौ । यसमा बिष मिसिएको छ ।