Thursday 15th January 2026

वैदेशिक रोजगारीबाट नेपाल आई मृत्यु भए ७ लाख पाईने


तितोपाटी-सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वीकृति अवधिमा नै नेपाल आई विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीसहित नजिकका हकवालाले आर्थिक सहायतास्वरुप जनही ७ लाख रुपैयाँ पाउने भएका छन् ।कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...