Wednesday 24th June 2026

कोसेली समुहको सहयोगमा कैलालीको मुक्त कमैया बस्तीमा पुस्तकाललय संचालन


तितोपाटी – कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार) सहयोगमा सो पुस्तकालय संचालनमा अाएको हो । पुस्तकालय निर्माणका लागि कोसेली समुहले यस अघि नै सहयोग राशि पठाएको थियो भने हाल पुस्तकालयको सम्पुर्ण पुर्वाधार तयारी तथा पाठ्यपुस्तक लगायत खेलकुद सम्बन्धी सामाग्री ब्यवस्थापन पछि आज मात्रै उक्त पुस्तकालय उद्घाटन गरिएको हो ।

कैलाली जिल्लाको लम्की चुहा नगरपालिका – ४ स्थित उक्त मुक्त कमैया बस्तीमा यस अघि नै नेपालका सामाजिक अभियन्ताहरूले फेसबुक मार्फत स्थानिय सिर्जनशील युवा क्लबको नेतृत्वमा सहयोग अभियान संचालन गरि अध्ययन गृह निर्माण गरि सकेका थिए भने कोसेली समुहले पनि सामाजिक संजाल मार्फत नै उक्त बस्तिमा रहेको अध्ययन गृहमा अध्ययनरत बालबालिकाहरूका लागि पुस्तकालय लगायतका कुराहरूको अभाव भएको जानकारी पाएपछि कोसेली समुहका मरूभूमि हालचाल प्रमुख अमर खड्काले स्थलगत निरिक्षण गरि उक्त अध्ययन गृहमा ६० जना भन्दा बढि आर्थिक रूपले विपन्न परिवारका बालबालिकाहरू अध्ययन गरिरहेको तथा त्यस मध्येमा १५ जना अनाथ बालबालिकाहरू समेत रहेको भेटिएपछि कोसेली समुहले त्यस अध्ययन गृहमा अध्ययनरत बालबालिकाको लागि टड्कारो आवश्यकता रहेको पुस्तकालय संचालन गर्न कोसेली समुहका अमर खड्का मार्फत अध्ययन गृह संचालक सिर्जनशील युवा क्लबका अध्यक्ष एवं सामाजिक अभियन्ता जनक सुनारलाइ रकम हस्तान्तरण गरि अध्यक्षकै रेखदेखमा पुर्वाधार निर्माण गरि शैक्षिक तथा खेलकुद सामाग्री खरिद गरि सम्पुर्ण तयारी पश्चात पुस्तकालय संचालनमा आएको हो ।

ताजा समाचार,स्थानीय तथा देश-विदेशका राष्ट्रिय अन्तर्राष्ट्रय समाचार, सूचना, साहित्य, खेलकुद, मनाेरञ्जन लगायतका गतिविधिहरू अनलाइन तथा छापाको माध्यमबाट प्रकाशन, प्रसारण गर्दै पत्रकारिता क्षेत्रको विकास र प्रवर्धनमा लागि परेको संस्था कोसेली समुह कुवेतले समाचारको साथसाथै सामाजिक सेवाका कार्यहरू समेत गर्दै आएको छ । विभिन्न सचेतनामुलक कार्यक्रम, जन-स्वास्थ्यसँग सरोकार राख्ने कार्यक्रमहरू गर्दै आएको कोसेली समुहले यस पटक भने नेपालमा शिक्षा क्षेत्रमा अार्थिक सहयोग गर्ने कार्यक्रम स्वरूप शिक्षाको उज्यालो घामबाट बञ्चित दुरदराजका विपन्न, असहाय र गरीबिको रेखा मुनि रहेको मुक्त कमैया बस्तीका कालबालिकालाइ पढाइमा अभिप्रेरित गर्ने उद्देश्यले उक्त बस्तीमा रहेको नमूना अध्ययन गृहमा पुस्तकालय संचालनार्थ सहयोग गरेको हो । उक्त पुस्तकालय वर्षाै वर्ष सम्म रहि रहने छ र उक्त पुस्तकालय कोसेली समुह कुवेतको सहयोगमा निर्मित पुस्तकालयको रूपमा चिनिनेछ भन्ने कोसेली समुहले अाशा र अपेक्षा गर्दै पुस्तकालय संचालनको लागि भवन उपलब्ध गराउनु हुने फेसबुक नमुना अध्ययन गृह निर्माण गर्ने समुह सिर्जनशील युवा क्लब लम्की चुहा परिवार प्रति पनि हार्दिक आभार प्रकट गर्दछ ।


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...