Sunday 18th January 2026

मेची-काली सामुहिक बचत कोषको अध्यक्ष राजन श्रेष्ठ बने


तितोपाटी – मेची-काली सामुहिक बचत कोषको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । कोषको आज ८ नोभेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फरवानियामा बसेको बैठकले सर्व सम्मतिले श्रेष्ठलाइ अध्यक्ष चयन गरेको हो ।

करिब १२ बर्ष अघिदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहेको मेची-काली सामुहिक बचत कोषलाइ यस अघि बसन्त थापा मगरले नेतृत्व गरिरहेका थिए भने हाल कार्य व्यस्तताको कारण मगरले कोषको लागि समय दिन नसकेको तथा आर्थिक पारदर्शिता र कडाइ नभइ सदस्यहरूमा नैरास्यता छाएको थियो भने कोष अलि सुस्ताएको जस्तो देखिएको थियो । संस्थाले गर्ने गतिविधिहरूमा सदस्यहरूमा मतभिन्नता भएपछि पुरानो कार्यसमिति गत जुनमा विघटन गरिएको थियो भने कोषकी सदस्य माया बुढा मगरको संयोजकत्वमा काम चलाउ कार्यसमितिले कार्य गर्दै आएकोमा आजको विशेष भेलाले नयाँ कार्य समिति चुनेको हो ।

पुर्व मेची देखि पश्चिम महाकाली सम्मका जोसुकै पनि इच्छुक नेपाली आवद्ध हु्न पाउने मेची-काली सामुहिक बचत कोषमा लिंग, वर्ग, धर्म-सम्प्रदाय कुनै किसिमको भेदभाव नराखी सबैलाइ आर्थिक उपार्जन गर्ने अबसर प्रदान गरिन्छ । एकापसमा हातेमालो गर्दै सामुहिक बचत कोषमा आवद्ध सदस्यहरूको अार्थिक उन्नतीको लागि विभिन्न कार्यहरू गर्दै आएको कोषको आजको बैठकबाट चयन भएको नयाँ कार्या समिति यसप्रकार रहेको छः
अध्यक्ष – राजन श्रेष्ठ
उप-ध्यक्ष -बेदनाथ हुमागाई
महासचिव -मिलन तामाङ
सचीव – प्रेम शृष मगर
कोष-अध्यक्ष -माया बुढा मगर्
सह-कोषध्यक्ष -सुनिता तामाङ
कोष संरक्षक -मेघ बा, मगर
सल्लाहकार -सुवर्ण दाहाल /जिबन कुमार बि.क.
सदस्य
उमा घिमिरे
राज गुरुङ्ग
मन नारायण श्रेष्ठ
साबित्रा गैरे
आशा मगर
माया गुरूङ
बाबु मल्ल ठकुरी
मोहन पाटा
विन्दा थपलिया
राज कुमार गुरूङ
हिमाल राइ रबिन राइ

आर्थिक नीतिका लागि अति नै इमान्दार र खरो ब्यक्तित्वको रूपमा कुवेतको नेपाली समाजमा चिनिएका श्रेष्ठ कुवेतको नेपाली समाजका अग्रपंतिका सामाजिक अभियन्ता मानिन्छन् । कुवेतमा कृयाशिल विभिन्न नेपाली संघ संस्थामा आर्थिक पाटो हेर्ने श्रेष्ठ अन्य धेरै संघ संस्थामा समेत कार्यकारीको रूपम रहेका छन् । आर्थिक पारदर्शिताको पर्याय मानिने श्रेष्ठ नेवाः गुठी कुवेतमा प्रथम उपाध्यक्ष, कोसेली समुह कुवेत कोषाध्यक्ष लगायत अन्य धेरै संघसँग सम्बद्ध छन् भने मेची-काली सामुहिक बचत कोषको अध्यक्ष घोषित भए लगत्तै सबैलाइ धन्यवाद दिंदै आफुले संस्थाप्रति नैतिकवान, इमान्दार र सदस्यहरूको आर्थिक उन्नतीको लागि जिम्मेवार भइ कार्य गर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...