Thursday 5th March 2026

एनआरएन विश्व सम्मेलनका कथा


तोयानाथ उपेक्षित – एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट नै मातेर आफ्नो र संगठनको शाख कमजोर पारेको भन्ने हल्लाका बीच भएको नवाैं विश्व सम्मेलनले सवैलाई निराश बनाई दियो । जब केन्द्रीय समितीको मुख्य पदका उमेद्धारहरु नै एनआरएन टाट पल्टेको सूचना चुहाउदै यसलाई सुधार गर्ने भन्दै भोट माग्दै थिए ।

एकातिर संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले यो सम्मेलनलाई बहिस्कार गरेका कारण प्रसस्त खटपटी देखिन्थ्यो भने अर्कोतिर अध्यक्षका प्रतिस्पर्धीहरू मध्ये कसलाई जिताउने भनेर आ-आफ्ना समर्थकहरु उत्तेजित भईरहेका थिए । नराम्रो सन्देश त त्यतिवेला गयो की केही राजनैतिक दलका नेताहरु हायात होटलमा डेरा जमाउन आईपुगे ।

ठुलो जमात उत्साहपूर्वक सहभागी भईरहेको भए पनि दोश्रो दिनबाट होटलमा भएको अव्यवस्था दिक्क लाग्दो हुदै गयो । कुपन लिएर थाल थाप्न पर्दा कुपन भुल्ने र हराउनेहरु लज्जित देखिन्थे । उसिनेको खाना स्वादिलो त छदै थिएन तर भोक मिठो भएकाले हिडेर टाढा जान भन्दा खानै पर्ने बाध्यता थियो । पाल टाँगेर खानपानका मेसहरु अस्थायी रुपमा बनाईएका थिए जहाँ २० वटा टेवल र ५० वटा कुर्शी पनि थिएनन । हातमा काँटा, चमच, टावल र प्लेट लिएर उठी उठी गाँस हाल्न निक्कै शकसपूर्ण काम थियो । पानी कसले ल्याई दिने ? हिक्का छुटे पछि पानीको बोतल खोज्न दौडनु त छदै थियो । चौरमा फोहर देखिन्न थियो तर सफा थिएन । दिनहुँ एउटै मैदानमा पोखिएको खाना, रस, पानी र सव्जीको झोल सुकेको झार मा बस्नुपर्ने विडम्बना पाँच तारे होटलमा केही नभएको जात्रा जस्तै थियो । एक हिसावले भन्दा सम्मेलन स्थलमा टुस्स बस्ने ठाउँ नै थिएन । कुन लबी कुन यार्ड कुन पार्किङ ।

महत्तोले जुटाए, घलेले उठाए भट्टले सकाए भनेर प्रचारित सम्मेलनमा १४ करोड ऋणमा एनआरएन भएको सुन्दा निक्कै खिन्न हुन्थे डेलिगेट्सहरु । एनआरएनका क्षेत्रिय समितीहरुको काठमाण्डौमा कहि कतै बैठक बस्ने कोठा नभएको पीडा केन्द्रिय समितीको भवन बन्दा झनै दुःख लाग्दो थियो । तिनका लागि बालुवाटारको त्यो भवन कागलाई बेल पाके पनि हर्ष न विस्मत भने झै भएको थियो । तल्लो तला भाडामा दिएको कुरा कसैलाई पचेको थिएन । आफ्नै पूर्व कार्यसमितिसँग असन्तोषी एनआरएनएहरु त्यति बेला अति रिसाए । लबी बाहिर रहेका दुई चार वटा वेन्च र टेवलका खुट्टा भाचिए । त्यो अव्यवस्थापन, निर्वाचन समितीको लापर्वाही र गैह् जिम्मेवार व्यवस्थापन देख्दा धन्न दुई चार जना मान्छेका खुट्टा भाचिएनन । पाँच बजेबाट मतदान भनेर प्रचार गरे पछि २ बजे देखि लाईनमा बसेका सयौ मतदाता राती आठ बजे पनि मतदान नहुँदा गायत्री मन्त्र जपेर उभिन सकेनन । बस्ने सम्मको व्यवस्था हुदो हो त कतै भजन गाउने थिए की ? निर्वाचन समिती प्रतिको आक्रोस र घृणाको सिमा थिएन । धिरतापूर्वक प्रतिक्षाको बाध फुटेपछि पोखिएको सांकेतिक असन्तोषलाई नेपालका पत्रकार र विद्धान लेखकहरुले तिललाई पहाड नै बनाई दिए । टाई र कोटको खिल्ली उडाउँदै समाचार बनाए । उनीहरुको एनआरएनहरुका विरुद्धमा कति ईश्र्या र जलन रहेछ भन्ने कुरा बुझ्न तिनका कमेन्ट र समाचार विश्लेषणका हेडलाईन नै काफी थिए । निर्वाचन समितीको हेलचक्र्याइले एनआरएनहरुलाई बदनाम गराउँन राम्रै स्पेस प्रदान गर्यो । यसको दोष एनआरएन मतदाता कसरी भए ? जिम्मा पूर्व नेतृत्व वा निर्वाचन समिती कसैले लिएको र गल्ती प्रति क्षमा यचना नगर्नु एक प्रकारको हठ र अपमान पनि हो । जे होस पूर्व निर्धारित मिती भन्दा ढिलो गरि निर्वाचन गर्दा लगभग ४ सय मतदाताले बहिस्कार गरेको जस्तो देखियो । मन पीरो पारेर कतिले विश्व सम्मेलनको यात्रालाई अन्तिम भन्दै हिडे । अबको नेतृत्वले यी सवै कुरा मनन गरेको भए धमिलिएको एनआरएनको छवी सफा पार्न पर्याप्त समय छ सवैले मनन गरेकै हुन पर्दछ । क्रमस …


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...