Friday 23rd October 2026

तिहारको दोस्रो दिन कुकुर तिहार


तितोपाटी – आज तिहारको दोस्रो दिन कुकुर तिहार हो । हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत तिहार (यमपञ्चक)को दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । आफ्नो घरको कुकुरलाई अज बिशेष पूजा गरी मीठामीठा खानेकुरा दिने प्रचलन छ ।

वर्षभरि घरको रक्षक तथा पहरेदारका रुपमा कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अएको हुन्छ । हिन्दू धर्मकथाअनुसार भैरवको बहान मानिने कुकुरलाई हाम्रा महाकाव्यहरूमा पनि उत्तिकै स्थान दिइएको छ । ती महाकाव्यलाई ध्यान दिएर पढ्ने हो भने कुकुर र देवता बीचको मित्रता प्रष्टै झल्किन्छ।

कुकुरमा घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु र मान्छेको भावना महशुस गर्ने मुख्य खुबी हुन्छ । यसले मानव र कुकुरबीचको भावनात्मक सम्बन्ध झनै बलियो बनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...