Wednesday 30th September 2026

तिहारको दोस्रो दिन कुकुर तिहार


तितोपाटी – आज तिहारको दोस्रो दिन कुकुर तिहार हो । हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत तिहार (यमपञ्चक)को दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । आफ्नो घरको कुकुरलाई अज बिशेष पूजा गरी मीठामीठा खानेकुरा दिने प्रचलन छ ।

वर्षभरि घरको रक्षक तथा पहरेदारका रुपमा कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अएको हुन्छ । हिन्दू धर्मकथाअनुसार भैरवको बहान मानिने कुकुरलाई हाम्रा महाकाव्यहरूमा पनि उत्तिकै स्थान दिइएको छ । ती महाकाव्यलाई ध्यान दिएर पढ्ने हो भने कुकुर र देवता बीचको मित्रता प्रष्टै झल्किन्छ।

कुकुरमा घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु र मान्छेको भावना महशुस गर्ने मुख्य खुबी हुन्छ । यसले मानव र कुकुरबीचको भावनात्मक सम्बन्ध झनै बलियो बनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...