Wednesday 14th January 2026

गोल्डमेडलिष्ट म्याराथन धावक श्रेष्ठ एसियन च्याम्पियनशिपमा भिड्ने तयारीको साथ नेपाल फर्कंदै


तितोपाटी – नेपालका गोल्ड मेडलिष्ट म्याराथन धावक नारायण श्रेष्ठले कुवेतमा बहुराष्ट्रिय खेलाडीहरूको विचमा भएका विभिन्न प्रतियोगिताहरूमा समेत सर्वोत्कृष्ट भइ मेडल प्राप्त गर्न सफल भए पछि अब भने सन २०२० मा हुने एसियन खेलकुदमा सहभागिता जनाउने बताएका छन् । गुल्मी घर भएका सानै देखि खेलकुद प्रति रूचि राख्ने श्रेष्ठले स्वदेश देखि विदेश सम्म सफल हुँदै गएपछि एसियन खेलकुदमा सहभागिता जनाउने सोचका साथ प्रवासको राम्रो कमाइ नै छोडेर नेपाल फर्कन लागेको कुरा तितोपाटी डट कम सँगको कुराकानीमा बताए ।

नैतिकता, इमान्दारीता, लगनशीलता र कडा मेहनतको साथमा खेल सम्बन्धि सैद्दान्तिक ज्ञान भएपछि सफलता निश्चित छ भन्न रूचाउने अति मिजासिला र मिलनसार धावक श्रेष्ठले गाउँ, जिल्ला, क्षेत्र हुँदै काठमाण्डाैं सम्मको यात्रामा खुल्ला म्याराथन, हाफ म्याराथनमा सहभागी भएर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट मेडल ग्रहण गरिसेका छन् भने २०७० सालमा म्याराथनमा दर्ता भएका उनले कान्तिपुर हाफ म्याराथनमा समेत सहभागी भएका थिए । काठमाडौमा आयोजित मदन भण्डारी स्पोर्ट्स जुनियर म्याराथनमा गोल्ड मेडल हात पार्दै आफ्नो कीर्तिमानी यात्रा अगाडि बढाएका श्रेष्ठले कुवेत स्थित अमेरिकीन युनिभर्सिटी अफ मिडल इस्टमा कार्यरत रहि युरोप, अमेरिका, अफ्रिका, मध्यपुर्व र दक्षिण एशियाका प्रतियोगीहरूसँग सहभागिता जनाएर प्रतियोगितामा पहिलो भएका उनले यस पटक लगभग नेपाली  २ लाख रूपैयाँ धनराशिको पुरस्कार जितेका छन् भने विजेता बनेपछि नेपालको झण्डा फर्फराएर अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम रोशन गराइ सकेका छन् ।

कुवेतमा रहँदा लामो समयसमम विभिन्न देशका विदेशी प्रशिक्षकहरूसँग प्रशिक्षण लिएर एक उत्कृष्ट खेलाडी बन्न सफल भएका श्रेष्ठ आफैंमा एक उज्याला नक्षत्र हुन भन्दा फरक नपर्ला । यहि अक्टोबर १ तारिक विदेश बसाइलाइ बिट मारेर स्वेदश फर्कन लागेका श्रेष्ठ म्याराथनबाटै आफ्नो क्यारियर बन्नेमा ढुक्क देखिन्छन् भने नेपालमा गएर एसियन खेलकुद २०२० को तयारीको लागि अग्रज धावकहरूको नजिक रहेर प्रशिक्षण लिने बताउँछन् । कुवेतका राम्रा क्लबहरूले उनलाइ अनुबन्ध गर्न खोजे पनि नगएका उनी खेलकुदलाइ नै पहिलो प्राथमिकता दिएर प्रवासमा मिलेको राम्रो जागिर समेत त्यागेर स्वदेश फर्कन लागेका हुन । आर्थिक अभावका कारण खेलकुद क्षेत्रका धेरै हस्तीहरू विदेशिन वाध्य हुन परेको तीतो सत्यलाइ ओकल्दै श्रेष्ठले आगामी दिनमा सरकार र  खेलकुद क्षेत्रका सरोकारवाला संघ संगठनले खेलकुदमा लागेकाहरूको सामाजिक सुरक्षा तथा खेलकुद क्षेत्रको विकास र विस्तारको लागि जिम्मेवार भएर अघि बढ्नु पर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...