Saturday 11th October 2025

जन-सम्पर्क समिति कुवेतको तेश्रो अधिवेशन सम्पन्न, नेता बने राजेन्द्र बिरही


तितोपाटी – नेपाली जन – सम्पर्क समिति कुवेतको तश्रो अधिवशेन तथा ८ अाै वर्षिक उत्सव २७ सेप्टेम्बर २०१९ को दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभा हलमा सम्मपन्न भएको छ भने उक्त अधिवेशनले राजेन्द्र बिरहीलाइ जन-सम्पर्क समितिको नेता बनाएको छ । जन-सम्पर्क समितिका सभापति कल्याण कुमार श्रेष्ठको सभाध्यक्षता, नेपाली कांग्रेसका महामन्त्री एवं पुर्व गृहमन्त्री माननीय पुर्ण बहादुर खड्काकाे प्रमुख अातिथ्यता तथा कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधिहरू नरेन्द्र रानाभाट, राजु सैयद, मनोज गोर्खालीको विशेष अातिथ्यतामा सम्पन्न अधिवेशनबाट सर्व सम्मतिले राजेन्द्र बिरहीको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको विशिष्ट अातिथ्यता तथा कुवेतस्थित नेपालक विभिन्न राजनीति पार्टीका भातृ संगठनका प्रमुख तथा प्रतिनीधिहरू एवं गैरअावासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ, अादिवासी जनजाती महासंघ लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिहरूको अातिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा प्रवासी नेपाली एकता मंचका राज कुमार थापा, नेपाली समाज कुवेतका जयनाराण माझी थारु, नेपाली एकता समाजका निम बढा मगर, आदिवासी जनजाती महासंघका अमृत तामाङ, पत्रकार महासंघका नबराज पन्थी,कोसेली न्युजका तोयानाथ दाहाल, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका इन्द्रप्रसाद पोखरेल, परदेशी खबरकी नैनकला राइ, ध्रुब कुमार संग्राैला लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

अधिवेशन कार्यक्रममा संविधान संशोधन, नागरिकता विधेयक, गुठी विधेयक, हिन्दु राज्य, राजनीतिक पार्टी र तिनका नेताहरूले बाटो बिराउन लागेको तथा अाप्रवासी श्रमिकका हक हित र कुटनैतिक निकायको स्तरोन्नति र गैरजिम्मेवारी प्रति जन गुनासो उठेका थिए भने  प्रमुख अतिथिको रूपमा बोल्दै कांग्रेसका महामन्त्री खड्काले जनताले अाक्रोस पोख्नु जायज भएको, राजनीतिक पार्टीबाट भएका कमि कम्जोरीलाइ पार्टीका नेताहरूले जिम्मेवारी लिनु पर्ने बताउँदै कांग्रेस नागरिकता विधेयकका विरूद्धमा नरहेको, हिन्दु राज्यको माग कांग्रेसको पार्टीगत माग नभएर नेताहरूले व्यक्तिगत धारणा राखेको भन्दै प्रवासमा रहेका लाखाैं युवा वर्गको सामाजिक सुरक्षा र स्वदेश फर्केर स्वदेशमा उद्यमशील र रोजगारीका अवसर सृजना गराउन अाफु स्वदेश फर्के पश्चात पार्टीमा, पार्टी मार्फत संसदमा र संसद मार्फत सरकारलाइ दवाव दिने बताए ।

जन सम्पर्क समितिका कोषाध्यक्ष इन्द्र पाैडेलको स्वागत, सल्लाहकार मन्जित राइको जन-सम्पर्क समितिका गतिविध बारे जानकारी र महामन्त्री माधब शर्माको संचालनमा सम्मपन्न उक्त अधिवेशन नेपाली कांग्रेसको चुनाब चिन्ह रूख भएकोले रूखको प्रतिकको रूपमा गमलामा रहेका फुलहरूमा पानी चढाइ दिप प्रज्वलनको साथ ८ अाैं वार्षिक उत्सवको केक काटी मनाइएको थियो ।

अधिवशेन मार्फत सर्व स्वीकृतरूपमा तयार भएको कार्य समिति यस प्रकार रहेको छः

सभापति – राजेन्द्र बिरही
उपसभापति -धन बहादुर खड्का (ज्ञानु )
उपसभापति – सुमित्रा देबि पौडेल
महामन्त्री – ईन्द्र पौडेल ” कृष्ण ”
महामन्त्री – केशर घलान तामाङ
सह महामन्त्री – कान्ति प्रसाद अधिकारी
सह महामन्त्री -उमा घिमिरे
कोषाध्यक्ष -धन बहादुर कुमाल
संगठन बिभाग प्रमुख- उमेश पुडासैनी
महिला सम्योजक- माया साम्पाङ राई
प्रबक्ता-
सदस्य-मदन बहादुर चन्द
सदस्य -ओम बिकास मगर
सदस्य-रमिता तामाङ
सदस्य -लेखनाथ ढकाल
सदस्य -कुमार तामाङ
सदस्य -बिस्णु शर्मा
सदस्य -गोपाल भुसाल
सदस्य -माया गुरुङ
सदस्य -चेत कुमार छन्त्याल
सदस्य -बिमला श्रेष्ठ
सदस्य-दयानिधी काफ्ले
सदस्य- हर्क थापा मगर
सदस्य – कर बहादुर राई
सदस्य-रहमदिन मियाँ
सदस्य – महमद अलि
सदस्य- श्रवण कुमार गावा मगर
सदस्य-चिज बहादुर गुरुङ
सदस्य- सन्जु गुरुङ

संरक्षण – कल्याण कुमार श्रेष्ठ

बरिस्ठ सल्लाहकार – माधब शर्मा
सल्लाहकार – मन्जित चाम्लिङ राई
– दुर्गा चेम्जोङ
– सोनम लामा
-रबि गुरुङ
-जय आले मगर
-लोमस बास्तोला
– दिनेश श्रेष्ठ
– अर्जुन तामाङ
– एल बि हमाल


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...