Monday 9th February 2026

एनआरएनए एनसीसी कुवेतले अन्तरकृयाको साथमा सम्मान कार्यक्रम गर्यो


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको नवाैं विश्व सम्मेलनलाइ लक्षित गरि हिँजो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघ संस्थाहरू बिच एक अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । एनसीसी कुवेतले आप्रवासी श्रमिकका हक हितका लागि के कस्ता विषयहरूलाइ विश्व सम्मेलनमा एजेण्डाको रूपमा पेश गर्ने भन्ने विषयमा अन्तरकृया गरिएको थियो भने एनसीसी कुवेतका गतिविधिमा कलमको माध्यमबाट सूचना, समाचार सम्प्रेषण गरि सहयोग गरेकोमा कुवेत स्थित सम्पुर्ण मिडिया हाउसहरूलाइ सम्मान गरेको थियो । त्यसै गरि एनसीसी कुवेतको २०१७-२०१९ काे कार्यकालका सम्पुर्ण पदाधिकारीहरू र एनसीसी कुवेतको छैटाै राष्ट्रिय महाधिवेशनको निर्वाचन समितिलाइ सम्मान गरिएको थियो ।

एनसीसी कुवेतका अध्यक्ष सुजन केसि को सभाध्यक्षता, आइसीसी सदस्य अमित चाम्लिङ राइको विशेष आतिथ्यता एवं कुवेतमा कृयाशिल संघ संस्थाका नेतृत्वकर्ता तथा प्रतिनीधिहरूको आतिथ्यतामा सम्पन्न अन्तरकृया कार्यक्रममा विभिन्न ११ जना संस्था प्रमुख एवं प्रतिनीधिहरूले आप्रवासी श्रमिकको हक हितका विषयमा सुझाबहरू दिएका थिए । वक्ताहरूले सुरक्षित वैदेशिक रोजगार तथा गैरआवासीय नेपालीहरूको सुरक्षित लगानी लगायतका विषयमा सुझाब दिएका थिए । वक्ताहरूले नेपाल-कुवेत सिधा हवाइ सेवा, दोहोरो श्रम सम्झाैताको अन्त्य गरि जि टु जि श्रम सम्झाैता, आप्रवासी श्रमिकहरू कार्यरत देशबाटै श्रम इजाजत नविकरण, शुन्य लागत वा पारदर्शी लागतमा वैदेशिक रोजगार, जुनसुकै किसिमले वैदेशिक रोजगारीमा आए पनि वंशजको नेपाली सधैंको नेपाली भएकोले विदेशमा ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर घर परिवारलाइ जिम्मा लगाउने कार्य सरकारको हुनुपर्ने, विदेशमा विभिन्न किसिमले ज्यान गुमाएका नेपालीहरूको  शरीरका अंगहरू चोरी निकासी भएका विषयमा आवाज उठाइएका थिए ।

अन्तरकृया कार्यक्रममा पत्रकार महासंघबाट नबराज पन्थी, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबबाट इन्द्र प्रसाद पोखरेल, जिफण्ट सपोर्ट ग्रुपबाट गणेश रावत, झापाली समाजबाट लोमस बास्तोला, नेपालकुवेत सरोकार समाजका राम तामाङ, नेपाल तामाङ घेदुङबाट शुरेस ग्याबा, चितवन समाजबाट बुद्धिमान तामाङ(नबिन लोप्चन), नेवा गुठीका सुरज मास्के, खोटाङ-कुवेत सम्पर्क मञ्चका पञ्चु राइ लगायतले अन्तरकृया कार्यक्रममा सुझाबहरू दिएका थिए भने एनसीसी अध्यक्ष सुजन केसि  तथा आइसीसी सदस्य अमित राइले एनसीसीले बाहिर बोलेर भन्दा काम गरेर देखाउने गरि कार्य गरिरहेको बताउँदै  बक्ताहरूले  एनसीसी कुवेतले गरेका राम्रा कार्यहरूको सराहना गरेकोमा धन्यवाद दिंदै सबैसँग हातेमालो र सहकार्य गरेर अघि बढ्ने  जनाउँदै संघसंस्थाका प्रतिनीधिहरूबाट आएका सुझाबहरूलाइ आइसीसीको विश्व सम्मेलनमा एजेण्डाका रूपमा लगिने प्रतिवद्धता जनाएका थिए ।

स्मरण रहोस, नेपालका लागि नेपाली र नेपालीका लागी नेपाली भन्ने उद्देश्यका साथ विश्वमा फैलिरहेको गैरआवासीय नेपाली संघको नवाैं विश्व सम्मेलन आगामी अक्टोबर १५-१७ मा काठमाण्डाैंमा हुँदैछ भने हरेक देशका एनसीसी प्रतिनीधिहरू गैरआवासीय नेपाली संघको उक्त कुम्भ मेलामा सहभागी हुनेछन् । स्थापनाका केहि वर्ष युरोप र अमेरिकामा रहेका गैरआवासीय नेपालीको हितमा मात्रै कार्य गरेको भन्ने आरोप लागे पनि हालैका वर्षमा भने गैरआवासीय नेपाली संघले आप्रवासी श्रमिकका हक हितका लागि कार्य गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...