Friday 13th June 2025

नेपाल आइडल रवि ओड र गायक/मोडल चक्र बमको कुवेतमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा


Sponsored by: CITY EXPRESS MONEY TRANSFER

तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिवेशनको अवसर पारेर नेपालबाट नेपाल आइडल सिजन २ का विजेता रबि ओड र चक्र बमलाइ कुवेत ल्याइ आयोजना गर्न लागेको “बृहत् सांस्कृतिक धमाका २०१९” तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि सेप्टेम्बर २० तारिख २०१९ शुक्रबारको दिन ब्वाइज स्काउट एसोशिएसन हवालीमा सो कार्यक्रम गर्न लागेको छ । समाजका अध्यक्ष अमर खड्काले तितोपाटी डट कम सँग कुरा गर्दै नेपालबाट आउने अतिथि कलाकारको साथमा दोश्रो वार्षिक उत्सव बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा भव्य रूपमा मनाउन लागिएको जनाएका छन् ।

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित भइ सामाजिक सेवामा कृयाशिल सुदुरपश्चिमेली नेपाली समाज कुबेतले अतिथि कलाकारहरू ल्याएर सम्पन्न गरिने कार्यक्रमको आम्दानी पनि सामाजिक सेवाका कार्यमा नै खर्च गरिने यस अघि नै घोषणा गरिसकेको छ । यो कार्यक्रमको लागी सिटि एक्सप्रेस मनि ट्रान्सफर (City Express money Tansfer) ले प्रायोजन  गरे को छ ।

सामाजिक र मानविय सेवाका कार्यमा कुवेतका अन्य संघ सँस्थाहरूसँग हातेमालो गरेर अघि बढिरहेको यस समाजले यस अघि पनि कुवेतमा कार्यरत नेपालीको सुख, दुःखमा साथ र सहयोग गर्नुको साथै नेपालमा पनि दुखी, गरिब र असहाय तथा दैविक एवं प्राकृतिक विपतमा परेकाहरुको लागि पनि उल्लेख्य सहयोग गर्दै आएको छ । सुदुरपश्चिमेली नेपाली समाज कुवेतमा आवद्ध नेपालीहरूले प्रवासमा कार्यरत भएर पनि  सुदुरपश्चिमको कला र संस्कृतिको संरक्षण तथा सम्वर्धनको लागि सघाउ होस भनि समय समयमा सुदुरपश्चिमको माैलिकता झल्किने सांस्कृतिक प्रस्तुतिहरू समेत पस्कंदै आएको छ ।

 उक्त वार्षिकोत्सब तथा अधिवेशन बृहत् सांस्कृतिक धमाका २०१९ लाइ ऐतिहासिक, भव्य र सभ्य रूपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि बिनम्र अनुरोध गर्दै सेप्टेम्बर २० तारिकका दिन कुवेतमा कृयाशिल संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन पनि आयोजक सुदुरपश्चिमेली नेपाली समाज कुवेतले विनम्र अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण

स्थान : boys Scout Association Hall
Beirut street block 10 Hawali

मिति: २० सेप्टेम्बर २०१९ शुक्रबार ।

समय: ११ बजेदेखि

कार्यक्रम: दोस्रो वार्षिकोत्सब तथा अधिबेशन
बृहत् सांस्कृतिक धमाका २०१९

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत

सम्पर्कः राजन बम – 60021699, अमर खड्का – 50661174, भिम रावत – 99027450, मान बहादुर बलायर – 66423096 र निरूमाया खड्का – 60686438


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमाथि गरेको कारबाहीको विरोधमा प्रदर्शनको जवाफ दिन सेनालाई सक्रिय गर्ने निर्णयलाई लिएर अमेरिकीहरू विभाजित छन्, जसमध्ये…

अहमदाबाद विमान दुर्घटना: गृहमन्त्री अमित शाहले भने, "यात्रुका आफन्तको डीएनए नमूना लिइएको छ" गुजरातमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि गृहमन्त्री…

इजरायलको अर्थतन्त्रको लचिलोपन बुझ्नको लागि, संकटको समयमा देशको सामना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्ने वस्तुनिष्ठ तथ्याङ्क हेर्नुपर्छ। "फलामको तरवार" युद्धको सुरुवातमा,…

प्रतिकृयाहरू
...