Monday 12th October 2026

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने उच्च अदालतको आदेश


तितोपाटी- टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत हेटौंडामा दर्ता गराएको पुनरावेदन निवेदनमा कैफियत प्रतिबेदन माग्ने आदेश गरिएको छ। न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो।

लामिछानेले जिल्ला अदालले आफूलाई पाँच लाख धरौटी माग र शर्गतहरु आदेशका लागि लिएको आधारहरु त्रुटीपुर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको थियो । चितवनको कंगारु होटलको कोठा नम्वर २०० मा आत्महत्या गर्दै पुडासैनीले खिचेको भिडियोमा रवि र अन्यका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।

उक्त भिडियोपछि प्रहरीले अनुसन्धान गर्दै लामिछाने, कडेँल र रुकु भन्ने अस्मीता कार्की विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुलुकी फौजदारी संहितको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै चितवन जिल्ला अदालका न्यायाधीश हेमन्त रावलको इजलाशले लामिछानेसँग पाँच लाख , कडेँलसँग तीन लाख र अस्मीता कार्कीलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो । उच्च अदालतको वुधबारको आदेशसँगै अव रविको मुद्दा उच्चमा सुनुवाई शुरु भएको छ ।

उच्चले अर्को सुनुवाईमा उनीहरुसँग मागेको धरौटीको बारेमा सुनुवाई गर्नेछ । उच्चलाई उक्त आदेश मनासिव लागेमा सदर गर्नेछ भने त्रुटीपुर्ण लागेमा उल्टाउने छ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...