Sunday 4th October 2026

‘हिरो नं.१’ को ट्रेलर सार्वजनिक चलचित्र भाद्र २७ गतेबाट प्रदर्शन हुदै(भिडियो सहित)


तितोपाटी-चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जयक किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी र एक्सन जनराको हो ।

चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा जयकिशनकै लेखन, बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द र सुदिप पाण्डेको सम्पादन रहेको छ । ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन् भने मदन ताम्राकार कार्यकारी निर्माता हुन् । चलचित्र भाद्र २७ गतेबाट प्रदर्शन हुनेछ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...