Sunday 5th May 2024

‘हिरो नं.१’ को ट्रेलर सार्वजनिक चलचित्र भाद्र २७ गतेबाट प्रदर्शन हुदै(भिडियो सहित)


तितोपाटी-चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जयक किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी र एक्सन जनराको हो ।

चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा जयकिशनकै लेखन, बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द र सुदिप पाण्डेको सम्पादन रहेको छ । ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन् भने मदन ताम्राकार कार्यकारी निर्माता हुन् । चलचित्र भाद्र २७ गतेबाट प्रदर्शन हुनेछ ।


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...