Monday 12th October 2026

जाजरकोटमा पहिरोमा परि एकै घरका ३ जनाको मृत्यु


तितोपाटी – जाजरकोट जिल्लाको भेरी नगरपलिका-२ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण माथिबाट पहिरो अाइ घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरो खसेर स्थानीय बलबहादुर ओलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला ओली र ३ वर्षीया छोरी धनसराको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।
राती सुतिरहेको अबस्थामा मध्यरातमा पहिरोले घर भत्किएको उनले बताए। सोही स्थानमा अर्को घर भत्किँदा स्थानीय दलबहादुर ओली सामन्य घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिएर मृत्यु भएकालाई स्थानीय र प्रहरीले बाहिर निकाल्ने काम गरिरहेको र अन्य अबस्था र उद्धारको कार्यका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गैसकेको प्रहरी प्रमुख खत्रीले बताए । घटनास्थल सदरमुकाम खलंगादेखि ३ घन्टाको पैदल दुरीमा रहेको छ। पहिरोको अन्य क्षतिबारे थप जानकारी आइसकेको छैन ।
-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...