Sunday 18th October 2026

होण्डुरसमा पत्रकारको गोली हानी हत्या, सन २००१ यता ७९ पत्रकारको हत्या


तितोपाटी – मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ।

होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ। स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए।

आयोगको विज्ञप्तिमा होन्डुरसमा पत्रकारमाथिको अपराधका ९१ प्रतिशतभन्दा बढी घटनामा कारबाही नहुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ। होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित मानिन्छन् ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...