Saturday 7th March 2026

आइपीएस तालिममा नेपाल प्रहरी उत्कृष्ट


तितोपाटी- भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् ।

उनी ‘आइपीएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् । उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल भइन् । त्यसैगरी प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्वीमीङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पीटी’ पुरस्कारद्वारा पुरस्कृत भए ।

भारतका संघीय गृहमन्त्री अमित साहको प्रमुख आतिथ्यतामा आयोजित दिक्षान्त समारोहमा उक्त तालिमका विभिन्न विधाहरुमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको हो । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधाहरूमा उत्कृष्ट भएको हो । करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्ट सहित २ चरणमा संचालन हुने गर्दछ ।१८ डिसेम्बर २०१७ मा सुरु भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षकहरू उक्त तालिममा समावेश हुने गरेका छन् । सो अनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी सिनियर प्रहरी अधिकृतहरुले तालिम सम्पन्न गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...