Sunday 22nd March 2026

विदेशमा असफल रहेका हरिराम स्वदेशमा मालामाल


तितोपाटी- रोजगारीका लागि तयार युवा मध्ये अहिले पनि धेरैको रोजाई वैदेशिक रोजगारी हुने गरेको छ । विगत लामो समयदेखि स्वदेशमा रोजगारीका अवसरमा आएको कमीका कारण वैदेशिक रोजगारी नेपाली युवाको वाध्यताको रोजाई बनिरहेको छ ।

तर नेपाली समाजमा नै केहि त्यस्ता युवा भेटिन्छन् जो वैदेशिक रोजगारमा गएर भने अनुसार कमाउन नसकेर स्वदेफ फर्किएपछिको काम र कमाईबाट सन्तुष्ट छन् । त्यस्तै युवा हुन् रामेछापका हरिराम कार्की । हरिराम कार्की रोजगारीका लागि मलेशिया गएका थिए । तर उनले त्यहाँ नेपालमा भनिए अनुसार काम, तलव नपाएपछि वीचमै उनी नेपाल फर्किए । अहिले आफ्नै ठाउँमा व्यवसायीक खेतीमा संलग्न उनी आफ्नो काम र त्यसबाट भइरहेको कमाईबाट निक्कै सन्तुष्ट छन् । देश परदेशसँग उनले भनेका कुरा उनकै शव्दमाः

म बैदेशिक रोजगारका लागि पहिले मलेसिया गएको थिएँ । विदेशमा राम्रो कमाई हुन्छ भन्ने सुनेर म त्यहि धेरै कमाउने आशमा त्यहाँ पुगेको थिएँ । तर म त्यहाँ १८ महिना भन्दा धेरै बस्न सकिन । मलाई दलालले यहाँ जे भनेर पठाएको थियो मलेसियामा त्यो तलव, काम, सेवा, सुविधा केहि पाइन । तीन बर्षको लागि कमाउन भनेर गएको मान्छे बीचमै म फर्किनु पर्यो । म मलेसियाबाट फर्किएपछि व्यवसायीक रुपमा तरकारी खेतीमा लागें । विदेशमा त अर्काले भने अनुसार, उसले खटाए अनुसार काम गर्नु पर्दछ । त्यो विदेशमा गर्नुपर्ने दुःख देखेपछि आखिर दुःख नै गर्नुछ भनें किन आफ्नै देशमा नगर्ने भन्ने लागेर मैले नेपाल फर्केर तरकारी खेती गर्न थालेको हुँ ।

यसरी तरकारी खेती गर्न थालेपछिको मुख्य कुरा त आत्मसन्तोष भयो । विस्तारै सिक्दै गएँ जसले मेरो आम्दानी पनि बृद्धि हुँदै गयो । विदेशमा हुने कमाई भन्दा त कहाँ हो कहाँ धेरै हुन थाल्यो । अर्को कुरा नेपालमा हुँदा आफ्नो परिवार आफैंसँग भयो । यो धेरै ठूलो कुरा हो जुन हामी विदेश जानेले अनुभव गर्दछौं ।

विदेशले मलाई गरेदेखि जहाँ पनि कमाई हुन्छ भन्ने कुरा सिकायो । नगरी त जहाँ पुगेपनि केहि हुन्न रहेछ भन्ने सिकाएको छ । तरकारी खेतीले आर्थिक रुपमा पनि राम्रो भएको छ । सवै खर्च कटाएर म बार्षिक रुपमा ६(७ लाख कमाइरहेको छु । यो भनेको मासिक सरदर ५० हजार भन्दा माथि नै हो । तरकारी बेच्न कहिले काहिं केहि समस्या पर्छ नत्र खास समस्या छैन ।

कतिपयले भन्छन् किसानको काम दुःखको हुन्छ भनेर । तर मेरो अनुभवमा चाहिं विदेशको काम भन्दा नेपालमा खेतीपाती गर्नु धेरै सुखको काम हो । यहाँ त आफ्नो समय अनुकुल पारेर काम गर्न पाइन्छ । विदेशमा त्यस्तो हुन्न । म हाम्रा दाजुभाई दिदी बहिनीहरुलाई भरसक विदेश नजानुस् भनेर सल्लाह दिन्छु । यदि जानु नै हुन्छ भनें त्यहाँको कम्पनी, त्यसको सेवा, सुविधा बुझेर त्यहि अनुसारको सीप सिकेर, थोरै भएपनि भाषा जानेर जानुस् भन्ने सल्लाह दिन्छु । तर फेरी पनि मेरो सल्लाह, कसैले भनेको भरमा विदेश नदौडौं, विदेशको भन्दा धेरै कमाई नेपालमा नै हुन्छ ।
साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...