Wednesday 26th August 2026

म्यानमारमा डेँगुका कारण ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित


तितोपाटी- म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ।गत सात महिनाको अवधिमा अरु १० हजार ७ सय ५७ जनामा डेँगुको सङ्क्रमणको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख गरिएको छ।विभागका अनुसार एयेयार्वाडीमा डेँगुका कारण १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ। त्यसपछि धेरै याङ्गुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन्। यसअघि सन् २०१८ मा यस रोगबाट १ सय ८७ जनाको मृत्यु भएको थियो भने ३६ सय ४९ जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यस वर्ष मृत्यु हुनेको सङ्ख्या भने २५ रहेको अधिकारीहरूले जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...