Wednesday 30th September 2026

हरियो खुर्सानी खानु स्वास्थ्यका लागि फाइदा कि वेफाइदा ?


तितोपाटी – सामान्यतः खाना खाँदा खुर्सानी टोकेर खाने बानी धेरैको हुन्छ । “खुर्सानी” पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। अग्रेजीमा यसलाइ Chilli वा Chilli Pepper पनि भनिन्छ । खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ।

खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमा झिने, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ।

युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो। कतिपयले त खुर्सानीको वासनाको लागि पनि आफ्नो प्लेटमा हरियो खुर्सानी राख्ने गर्छन् । खुर्सानीले स्वास्थ्यमा असर गर्छ भन्ने मान्यताले खुर्सानी नखानेहरु पनि हुन्छन्। तर समग्रमा भन्नु पर्दा पिरो खान मन पराउनेहरू धेरै हुन्छन् । अाउनुहोस, हरियो खुर्सानी खानु स्वास्थ्यका लागि फाइदा छ कि वेफाइदा ? यस बारेमा जानकारी लिउँ ।

हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा कुनै असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ ।

हरियो खुर्सानीमा भिटामिन ए हुने भएकोले हरियो खुर्सानी खानाले आँखा तेजिलो र छाला चम्किलो हुन्छ । हरियो खुर्सानीले रगतमा भएको चिनीको मात्रा घटाउन मद्दत गर्छ । हरियो खुर्सानीमा हुने फाइबरले पाचन शक्ति बढाइदिन्छ । हरियो खुर्सानीमा हुने तत्वले क्यान्सर लाग्ने सम्भावना कम गरिदिन्छ । हरियो खुर्सानीले शरीरमा भएको भिटामिनलाई सन्तुलनमा ल्याउन सहयोग गर्छ । हरियो खुर्सानीको सेवनले छालामा आउने घाउ खटिरा कम हुन्छ ।

हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ । प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पु९याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ । हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पु९याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...