Tuesday 8th September 2026

परराष्ट्रमन्त्री भन्छन-राजदूतहरू इमान्दार नहुँदा देशले घाटा व्यहोर्‍यो


परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सानो मुलुकलाई कूटनीतिक मर्यादा राख्न कठिन हुने बताएका छन्। उनले सानो मुलुक भइसकेपछि विकसित राष्ट्रहरूजस्तो खुला बन्न नसकिने बताए।

पत्रकार विष्णु रिजालले सम्पादन गरेको ‘नेपालको कूटनीतिक अभ्यास’ नामक पुस्तकको मंगलबार राजधानीमा विमोचन गर्दै मन्त्री ज्ञवालीले भने, ‘नेपालका कतिपय राजदूतहरूले इमान्दार नहुँदा देशले ठूलो घाटा व्यहोरेको छ। त्यसैले अरु मुलुकहरूसँग हामीले मित्रताबाहेक अरु स्वार्थ राख्नुहुँदैन।’

परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रको कूटनीतिक मर्यादालाई कायम राख्न परराष्ट्र मन्त्रालयको मात्रै पहलमा नहुने भन्दै सरकारका सबै मन्त्रालयहरू जिम्मेवार हुन आवश्यक रहेको बताए।

कार्यक्रममा उनले नेपाली कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूको अनुभव समेटिएको पुस्तकले कूटनीतिमा भविष्य खोजिरहेका आगामी पुस्ताका लागि सहज हुन सक्ने बताए।

सम्पादक रिजालले सो पुस्तकमा नेपालका पुराना २० जना राजदूतहरूको अनुभव समावेश गरेका छन्।

उनले राजदूतहरूको उमेरलाई प्राथमिकता दिएर अनुभवहरू लेख्न लगाइएको र यसले निरन्तरता पाउने बताए।

उनले पाका राजदूतहरूको अनुभव जस्ताको तस्तै राख्ने प्रयास गरेको र कतिपय अवस्थामा उनीहरूले उल्लेख गरेको भाषासम्म पनि सम्पादन नगरेको बताए।

पुस्तकमा सन् १९८८ मा इस्लामिक गणतन्त्र पाकिस्तानका लागि राजदूत भएका अर्जुननरसिंह राणादेखि डिसेम्बर २००९ मा श्रीलंकाका लागि राजदूत भएका सुशीलचन्द्र अमात्यसम्मका २० राजदूतहरुको अनुभव समेटिएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...