Thursday 27th August 2026

सिन्धुलीमा पत्रकारमाथि प्रहरीको निर्घात कुटपीट


तितोपाटी – नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्। शिवनगर चोकको शिवनगर खाजा घरमा खाना खान गएका कार्की र दाहालमाथि खाजा खाएको भिडियो नखिच्न अनुरोध गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तानले उल्टै कुटपिट गरेका थिए।

कुटपिटबाट सख्त घाइते भएका कार्कीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ भने पूर्वअध्यक्ष मिनकुमार दाहालको सिन्धुली अस्पतालमा उपचार पश्चात घर फर्किएका छन्।
खाना खाइरहेको अवस्थामा लागुपदार्थ र मादक पदार्थ सेवन गरि होटलमा प्रवेश गरेका प्रहरीले एक्कासी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। होटल सञ्चालक गोमा पोखरेलका अनुसार पत्रकारद्वयले खाना खाइरहेको अवस्थामा प्रहरी हवल्दार लामा र प्रहरी जवान स्याङ्तानले एक्कासी खाना खाएको भिडियो खिच्न थालेपछि अनावश्यक भिडियो नखिच्न आग्रह गर्दा एक्कासीे टाउकोमा आक्रमण गरि घाइते बनाएका थिए। ‘हामी पनि कर्मचारी हौं, तपाईहरु पनि कर्मचारी हो भन्दै प्रहरीको हवल्दार लामाले भिडियो खिचें’, घाइते दाहालले भने, ‘हामीलाई विनाजानकारी अनावश्यक भिडियो नखिच्न भन्दा एक्कासी बोतल, इट्टा र हेल्मेटले टाउकोमा हाने। सादा पोसाकमा आएका प्रहरीले हामीलाई मार्ने उद्देश्यले कुटपिट गरेका थिए।’

सादा पोषाकमा रहेका प्रहरीहरूले निर्घात कुटपीट गरेपछि प्रहरीलाइ खबर गरिएको र डिउटी प्रहरी घटनास्थलमा पुगेपछि कुटपीट गर्ने पनि प्रहरी नै भएको रहस्य खुलेको थियो । गम्भीर घाइते कार्कीको टाउको छाती र जिउभरी चोटपटक छ। घट्नापछि गम्भीर घाइते कार्कीलाई शनिबार राति नै काठमाडौं लगिएको थियो।

-नागरिकन्यूजबाट

 


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...