Tuesday 8th September 2026

तरकारीको विषादी नजाँच्ने निर्णयको विरोधमा नेविसंघले थाल्यो आन्दोलन


तितोपाटी- सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ सडकमा आएको छ ।नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतली सडकमा पुगेर समापन भएको थियो ।नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका युवा नेता सुशील भट्टले सरकारले भारतीय विषालु तरकारी तथा फलफूल बिना जाँच नेपाल आयात गर्न दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको आरोप लगाए ।

सरकारले असार १९ गते विहिबार मन्त्रीपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ ।यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...