Tuesday 8th September 2026

सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थाले-प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थालेको बताएका छन्।

शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर हिँडन थालेको बताएका हुन्।

‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि मास्क लगाएर हिँडन थालेका छन,’ प्रधानमन्त्री ओलीले भने ‘मास्क लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भएपनि मास्क लगाउने बानी रामै्र हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिदैन।’

प्रधानमन्त्री ओलीले कांग्रेसप्रति संकेत गर्दै चुनाव हारेरको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने पनि बताए। उनले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निष्तेज पारेर अघि बढन सरकार सक्षम रहेको पनि बताए।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...