तोयानाथ उपेक्षित – एनआरएन एनसीसीको चुनावी रौनक शुरु भएको छ । सधै झै चुनावी महौल पौठेजोरीबाट शुरु भएर खल्लीबल्लीमा टुङ्गिने परम्परा यसपाली पनि नहोला भन्ने छैन ? । यसलाई सर्वग्राह्य संस्था बनाउन विगतमा हुने प्रयत्नहरु कर्मकाण्डी र पद हत्याउने रणनितीमा आधारित हुदै आएका हुनाले पनि यसपाली ठुलो सपना देख्न पर्छ भन्ने छैन । नत त्यस्ता विश्वासीलो आधार नै कसैले अहिलेसम्म पेश गरेका छन । यसको मतलब निराश भएर विरोध मात्र गर्नु पर्दछ भन्ने जवाफ पनि सही होईन ।
प्रवासी मजदुरहरुको छाता संगठन भनिएको भए पनि यस्तो चरित्र र कार्यविधी कुनै पनि देशका एनसीसीहरुले देखाउन सकेका छैनन् । कसैले धनीको संस्था भनिदिन्छन् त कसैले दलालको । युरोपमा भनियो की एनआरएन बौद्धिक जमात भन्दा पृथक हुदै गयो । यसो भन्ने स्वरहरु बुलन्द भएकाले पनि अन्य ठाउँका एनआरएन पनि बौद्धिक दरिद्रताले ग्रसित भएकै छन । कतै बौद्धिक सर्कल समात्न नसक्नु कतै मजदुर ईतर संस्था जस्तो हुनु एआआरएनको दुर्भाग्य हो । संगठन निर्माणमा कमजोरीको रुपमा हेरिएका यस्ता कुराहरुमा अहिले जुरमुराएका युवाहरुले भिजन दिन सक्नु पर्दछ । संस्था आफैमा न धनीको हुन्छ न गरिबको । न विद्धानको न मुर्खहरुको । हेर्ने दृष्टिकोणको दोष लाई संस्थासँग गाँस्न हुदैन । कुनै पनि संस्था आफैमा साध्य होईनन ।
जसले जे भने पनि विशुद्ध कर्म गर्ने मन, मस्तिक र पाखुरीहरु देशबाट विछटिएका पीडा लाई साम्य पार्न र मातृभूमिको कर्जा चुकाउन केही गरौ भनेर विदेशमा लागि परेका छन । जुनसुकै नाम र संगठन खोले पनि सवैको चाहाना पवित्र हुन्छ । देश भित्र र देश बाहिर नेपाल र नेपालीकै हितमा सवैले काम गरि नै रहेका छन् । कुरा यति हो विश्वप्यापी शसक्त संञ्जालको रुपमा एनआरएन मजबुद भईदिए गुणात्मक काम हुने थियो, बढि जिम्मेवार र जवाफदहीताको आभास दिलाउन सफल हुने थियो भन्ने हो । अझ मातृभूमिको सम्झना र माटोको सुगन्धले नै एनआएनको जन्म भएको हो भनिरहँदा यसलाई पुष्टि गर्न सके कस्तो हुने थियो भन्ने लालसा जाग्नु स्वभाविक हो । नेतृत्वले यी र यस्ता ईमोशनल कुराहरुमा पनि ध्यान दिन जरुरी हुन्छ । प्रवासका एनआरएनहरुलाई गाली गरिरहँदा पनि नेतृत्वका लागि तम्सनेसँग भिजन र मिसनको चाहा मतदाताले राखेकै हुन्छन । यसो हुन नसक्दा अपारदर्शि नेतृत्वको विकास हुदै गएको साँचो हो । जसको कारण एनसीसी प्रति मानिसको खासै चाहा नभएको जस्तो देखिदै आएको छ तर वास्तविकता यस्तो होईन । एनआरएन प्रति लालस सवै प्रवासीहरुमा छ मात्र चिन्ता उपयुक्त नेतृत्व भएन भन्ने हो । यो तितो सत्य चाहिँ हिँजोको एनसीसीले पनि स्वीकार गर्नै पर्दछ ।
पैसा हुनेले एनआरएन चलाउने भन्ने एउटा अघोषित मान्यताका कारण एनआरएनमा सामान्य मानिस लड्न डराउँछन । कुनै योजनाका साथ श्रोत जुटाउने र संस्थागत शक्ति परिचालन गर्ने भन्दा पनि नेतृत्वले सकेसम्म धेरै र सहकर्मीलाई मन बढाएर दान गर्न दवाव दिने चलन धान्न नसक्दा एनआरएन भित्र छिरेकाहरु मध्ये कतिपय फर्केका पनि छन ।
एनआरएनले दान गर्ने सक्ने, मनमा आँट र गोजीमा गाँठ भएकाहरु खोज्ने परम्परालाई विकास गरेको हुँदा सामान्य मजदुर मैत्री हुन नसकेको हो की जस्तो देखिन्छ । यसतर्फ पनि विचार गर्न जरुरी छ । खाडी राष्ट्र सवैतिर लगभग समान समस्या, समान अनुभूति, उस्तै चरित्रको नेतृत्व र आफ्नै मपाईत्वको अलाप विलाप धेरै हावी हुने भएकाले एनआरएनको भूत सवार भएकाहरुले आफूलाई मन्छाएर पन्छाएर आए राम्रै हुने थियो ।
अन्ततः कुनै पनि संस्था हाँक्ने व्यक्तिले नै हो । उनीहरुको व्यक्तित्वले संस्थाको गरिमा र विश्वासलाई प्रतिनिधित्व गर्दैन भन्ने हुन्न । तर संस्था आफैमा दोषी कहिले पनि हुFदैन । नीतिको दोष हुन सक्छ, व्याक्ति खराव हुन सक्छ, मतदाताको परिक्षा चुनावमा नै हुन्छ । चुनाव होस तर प्रतिशोधको चुनाव भए जित्नेले पनि हार्दछ ।
यतिवेला एनआरएनका स्थानिय कमिटीहरु अर्थात एनसीसीको नेतृत्व चुन्ने होड भित्रभित्रै शुरु भएको छ । अरु बेला खासै नताते पनि एनसीसीको चुनावमा एनआरएनहरु निक्कै तातिन्छन । माहौल पनि तताउँछन । एनसीसीको चुनावी दौड यस्तो घिन लाग्दो पनि देखिएको छ कि नेपालीले नेपाली ठटाउने सम्मको गतिविधी देखिएको छ । कमसेकम अवको पिँढी विदेशमा यति मुर्ख नभित्रिएको होस ।
हेर्दै जानुहोला एनसीसीको चुनावी माहौलमा एनआरएनको नाम सुन्न नरुचाउनेहरु पनि सुरिन्छन, तिखारिन्छन र बेस्सरी निचारिन्छन । खुशामति, भलाकुशारी र घम्साघम्सीका प्रयास र परिपाटीहरु देखिन्छन । खर्च गर्ने, गराउने चलनले त ठ्याक्कै नेपालको चुनावको झल्को दिन्छ । संसद नै हाक्न जाने यीनै पो हुन कि जस्तो । सत्ता र भत्ताको त्यहाँ ठुलो राग चलेजस्तो गरेर चुनाव लड्नेको जोश साँच्चै मज्जा लाग्दो हुन्छ । जितेर पनि खर्च गर्न र दान दिन अघि सर्न पर्ने यो सँस्थामा पस्ने सपना बोक्नेहरु साना कदका भने होईनन । विदेशी भूमिमा देश बनाउने सपना बोकेर एनआरएन खोज्ने तन्नेरीहरुलाई हार्दिक अनि अग्रिम शुभकामना । राम्रो नेतृत्वको सधै कामना गरौ, विक्ने र किन्न उधोग नखोलौ । एनआरएनलाई मजदुर मैत्री साझा संस्था बनाउने कार्ययोजनाको खोजी गरौ । सवैको कामना पुरा होस ।