Sunday 11th October 2026

बारामा प्रधानाध्यापकले जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणको ६१ लाख ठगी गरे


तितोपाटी – जिल्ला प्रहरी कार्यालय, बाराले विद्यालयमा जागिर लगाइदिने बहानामा लाखौं ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा-८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक ४३ वर्षीय अनिलकुमार ठाकुर छन् ।  ठाकुरलेे विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वसन दिएर प्रतिव्यक्ति दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको उजुरी परे पछि जिल्ला प्रहरी कार्यालय बाराले उनलाइ पक्राउ गरेको हो ।

अहिलेसम्म जम्मा ६१ लाख १४ हजार ५ सय रुपैयाँ लिएर आफैं नियुक्ति पत्रसमेत दिइ लुकीछिपी बस्दै आएको र पछि जागिर नभएको भन्दै रकम नभएको बैंक खाताको चेक दिएको प्रहरी अनुसन्धानबाट खुल्न अाएको बुझिएको छ ।

एउटै शैलीबाट ठाकुरले २० जनालाई ठगेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ । पक्राउ परेका शिक्षकविरुद्ध प्रहरीले जिल्ला अदालत, बाराबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...