Saturday 10th January 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका मृगौला पीडितलाई आर्थिक सहयोग गर्यो


तितोपाटी –  सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका मृगौला पीडित धन ब. बोहोरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका-९ पाण्डुसैन घर भइ विदेश जानको लागि काठमण्डौ आएका बोहोरा एकाएक बिमारी भएपछि अस्पतालमा भर्ना भएका थिए । विभिन्न शारीरिक चेकजाच पछि दुवै मृगौला फेल भएको रिपोर्ट आएपछि वीर अस्पतालको एक सय ५९ नम्बर वेडमा उपचारार्थ रहेका बोहोराको दुवै मृर्गौला फेर्नुपर्ने सुझाव दिएपनि आर्थिक अभावका कारण नै उनी जीवनमरणको दोसाँधमा रहेको समाचार सार्वजनिक भएपछि सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सदस्यहरूमाझ रकम संकलन गरी निज पीडितलाइ सहयोग गरेको हो।

यस अघि पीडितका भाई नरेन्द्रले दुई महिना अघि वीर अस्पतालमा भर्ना गरेदेखि २ लाख बढि रकम खर्च भएपनि बाँकी रकम नहुँदा आर्थिक अभावले उपचारमा समस्या भएको बताउँदै विभिन्न मिडिया तथा सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए ।

सुदुरपश्चिमेली नेपाली बासीको एकता र समृद्ध सुप समाजको परिकल्पनाका अभियन्ता”कर्मठ “इमान्दार “युवा समाज सेवी भिम रावतको नेतृत्वमा संस्थाको आन्तरिक रुपमा उक्त रकम संकलन गरि सहयोग गरिएको महासचिब मान ब.बलायरले तितोपाटी डटकमलाई जानकारी दिएका छन्। सँस्थाका बरिष्ठ उपाध्यक्ष समेत रहेका रावत एक्लैले नेपाली रूपैयाँ १० हजार र सँस्थाभित्रका अन्य सदस्यहरू समेतबाट संकलन भएको सहयोग रकम आजै संस्थाका अध्यक्ष अमर खड्का र बरिष्ठ उपाध्यक्ष रावतको परिवा द्वारा हस्तान्तरण गरिएको हो।उक्त रकम सहयोग गरि सकेपछि पीडित धन ब.बोहोरा र भाइ इन्द्र बोहोराले सहयोगी संस्था र सबै सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गरेका छन्।

मृगाैला पीडितलाइ सहयोग गर्ने  सहयोगीहरुको नामावली:
१-भिम रावत रु. १०,०००
२-अ्मर खडका रु. १,८२५
३-पुष्कर खडका रु. १,८२५
४-राजन बम ठकुरि रु. १,८२५
५-निरुमाया खडका रु. १,८२५
६-मान ब.बलायर रु. १,८२५
७-जग बहादुर खत्रि रु. १,८२५
८- पुष्कर धामि रु. १,८२५
९- कालु बुढा रु. १,८२५
१०- धर्म रावत रु. १,८२५
जम्मा रकम २६,४२५ नेपाली रुपैया

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापना कालदेखि विभिन्न मानविय र सामाजिक कार्यहरू गर्दै आएको यस संस्थामा आबध्द हुन कुवेतवासी सम्पुर्ण सुदुरपश्चिमेलीहरुलाई अनुरोध गर्दै च्यरिटीकै लागि आगामी सेप्टेम्बर २० तारिक शुक्रबारका दिन नेपालबाट अतिथि कलाकार द्वय नेपाल आइडल सिजन टु का रवि ओड र मोडल तथा पप गायक चक्र बमको बेजोड प्रस्तुतिका साथ सुदुर सांगितिक धमाका २०१९ अायोजना गर्न लागिएको र सो कार्यक्रमको संरक्षक राजन बम र बिकास सिंह ठकुरीको संयोजकत्वमा तयारी भैरहेको जनाउँदै कार्यक्रम लाई सफल पार्न कुवेतमा कृयाशिल संघ-सँस्था, पत्रकार, नेपाली  दुतावस लगायत सबै कुवेतवासी नेपालीहरुमा उक्त दिन गरिमय उपस्थिति जनाइदिनुहुन पनि महासचिव मान बहादुर बलायरले हार्दिक अनुरोध गरेका छन् ।

महासचिब मान ब. बलायर ६६४२३०९६


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...