Monday 6th May 2024

समाजवादी पार्टी छोडेपछि करिश्मालाइ बाबुरामको झटारो


तितोपाटी – समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अभिनेत्री करिश्मा मानन्धरलाई धन्यवाद दिएका छन्। विभिन्न सञ्चार माध्यममार्फत् पार्टी छोडेको घोषणा गरेपछि डा.भट्टराईले करिश्मालाई धन्याद दिएका हुन्।

‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्री फेरिइरहन सक्छन् । जोसंग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ, कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान्, कोही हजार किलो मिटर सहयात्रा गर्लान्, कोही अन्तिम गन्तव्यसम्म सहयात्रा गर्लान्, सहयात्रा स्वेच्छाले गर्ने हो’, डा.भट्टराईले फेसबुकमा लेखेका छन्,‘हामी धेरै भन्दा धेरैसंग अन्तिम गन्तव्यसम्म सहयात्रा गर्न चाहन्छौं। जसले जति दूरीसम्म सहयात्रा गर्छन् त्यतिसम्मका लागि हामी सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छौं।’

करिश्माले किन छाडिन पार्टी?
डा.भट्टराईका सहयोगी समेत रहेका विश्वदीप पाण्डेले करिश्माले पार्टी छोड्नुको कारण फेसबुकबाट सार्वजनिक गरेका छन्। तर, त्यससँगै उनी करिश्माको मेहेनत र सफलतामा खुशी भएको समेत पाण्डेले प्रष्ट पारेका हुन्।

समाजवादी पार्टीमा करिश्माले पदाधिकारीमा आफू पनि समावेश हुनुपर्ने माग राखेकोमा त्यहाँ नपरेपछि पार्टीबाट बाहिरिएको पाण्डेले स्ट्याटसमा लेखेका छन्।

‘उहाँको माग भनेको पदाधिकारीमा म पनि हुनुपर्छ भन्ने थियो, जुन भोलिको दिनमा सम्भावना थियो, तर अहिले तत्कालै थिएन । करिश्माजीको असहमति कुनै विचारमा, पद्धतिमा होइन’, उनले लेखेका छन्,‘२५ जना पदाधिकारी मञ्चमा हुँदा म पनि हुनुपथ्र्यो भन्दै मेरो अपमान भयो भन्नुभयो उहाँले। पछि मैले भेटौं, कुरा गरौं भनेर सांग्रीला होटलमा बोलाएर करिब ४५ मिनेट कुरा भयोे।’

त्यसपछि डा. भट्टराईसँग पनि १० मिनेट जति करिश्माको कुरा भएको पाण्डेले स्ट्यासमा उल्लेख गरेका छन्।
‘हामी हासिखुशी त्यहाँबाट बिदा भयौं। पछि उहाँ घर पुगेर मलाई अर्कै पार्टीको फलानोले फोन गरेर यसोयसो भन्यो मैले किन भेट्ने उसलाई पनि भन्नुभयो। राजनीतिमा कर्टेसी मेन्टेन गर्दा केही फरक पर्दैन, भेट्दा हुन्छ भनें मैले। उहाँले हैन विचार नै मिल्दैन किन भेट्ने भन्नुभयो। अनि मैले मन नभए नभेट्नुस भनें । तर, रातभरमा के भयो कुन्नी उहाँले बिहानै पार्टी छोडेको सन्देश दिनुभयो’, उनले लेखेका छन्।

‘हिजो नयाँ शक्ति पार्टीमा करिश्माजीलाई जति प्रोत्साहन अरु पार्टीमा लाग्ने कलाकारलाई कुनै पार्टीले पनि गरेको छैन, हिजो तपाईंले पार्टी्भित्र जति मेहनत गर्नुभयो त्यो भन्दा धेरै नै पार्टीले तपाईंलाई माया गरेको थियो’, पाण्डेले लेखेका छन्,‘तपाईंलाई याद नै छ होला चुनावमा तपाईंको नाम पार्टीले समानुपातिकतर्फ १ नम्बरमा राखेको थियो।’

डा.भट्टराईले एक कलाकार करिश्मालाई संरक्षण गर्न खोज्दा सुख-दुखमा साथ दिएका बलावती शर्मा, लिला भण्डारी, कल्पना धमला लगायत धेरै करिश्माहरु गुमाउनुपरेको समेत पाण्डेले दाबी गरेका छन्।

करिश्मा आफू सांसद बन्न नपाएपछि पार्टीको काममा निष्क्रिय भएको समेत पाण्डेले आरोप लगाएका छन्। ‘चुनावपछि जब पार्टीको थ्रेसहोल्ड कटेन उहाँ बिस्तारै निष्क्रिय हुन थाल्नुभयो, शायद उहाँलाई लाग्यो होला थ्रेसहोल्ड पनि कटेन, दुख गर्नु बेकार छ, त्यसैले उहाँ ज्यादा पढाइमै फोकस भएको भन्दै सबै बैठक, भेटघाटलाई वेवास्ता गर्न थाल्नुभयो’, उनले लेखेका छन्,‘पछि डा.भट्टराईले आफै फोन गरेर समाजवादी पार्टी घोषणा समारोहमा सहभागिताका लागि बोलाउनु भएको हो।’

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...