Sunday 11th October 2026

२५ पदाधिकारीमा आफ्नो नाम नआएपछि करिश्माले पार्टी छोडेको खुलाशा


तितोपाटी – कलाकार करिश्मा मानन्धरले नयाँ शक्तिबाट व्यक्तिगत स्वार्थ पुरा नभएपछि पार्टी परित्याग गरेको खुलासा भएको छ । पछिल्लो समय डा. बाबुराम भट्टराईको चर्को आलोचना गर्दैै आएकी करिश्माले पार्टी पदाधिकारीभित्र स्थान नपाएकै कारण पार्टी छोडेको खुलेको हो । अत्यन्तै तीब्र आलोचना हुन थालेपछि पुर्व नयाँ शक्ति नेपालका संयोजक तथा संघिय समाजवादी पार्टीका सहसंयोजक डा. बाबुराम भट्टराईका पिए विश्वदिप पाण्डेले करिश्माको योगदान र उनले पार्टी छोड्नुको कारणको नालीबेली प्रस्तुत गरेका छन् ।

नयाँ शक्ति प्रवेश गरेदेखि स्थानिय तहको निर्वाचनसम्म करिश्मा पार्टीभित्र निकै खटिएकी थिईन । निर्वाचन सक्किएर जब परिणाम आयो त्यसपछि भने उनि केही निष्कृय भएकी थिइन् । पार्टीले थ्रेसहोल्डसमेत पुरा गर्न नसकेपछि करिश्मामा निराशापन आएको थियो, त्यो उनको ब्यवहारले स्पष्ट पार्दथ्यो । करिश्मा मानन्धरले हरेक समयमा नयाँ शक्तिले आफुलाई संरक्षण गर्न नचाएको आरोप लगाएकी थिईन । विश्वदिप पाण्डेका अनुसार करिश्मालाई पार्टीले आवश्यकता भन्दा बढी संरक्षण दिएको थियो । पार्टीभित्र रहेका अन्य महिला नेतृहरु कल्पना धमला, बलावती शर्मा, लिला भण्डारी लगायतका बाबुराम भट्टराई संगसंगै सहयात्रा गर्दै आएका नेताहरुलाई वाइपास गरेर करिश्मा मानन्धरको नाम समानुपातिक तर्फको पहिलो नम्बरमा राखिएको थियो । विश्वदिप पाण्डे भन्छन्, सायद करिश्माको सट्टामा डा. भट्टराईले अरुलाई नै बोकेर हिँड्नुपथ्र्यो ।

करिश्मा मानन्धरले नयाँ शक्ति र बाबुराम भट्राइले आफुलाई भीड जम्मा पार्ने कलाकारको रुपमा मात्र हेरेको आरोप लगाउँदै आएका छन् । त्यसो भन्दै गर्दा पार्टीभित्र उनलाई गरिएको संरक्षण उनलाई दिइएको जिम्मेवारीको पुनरावलोकन गर्न पाण्डेले सुझाए । पार्टीमा लागेपछि डा. भट्टराई स्वयंम् ले नै करिश्मालाई निकै प्रोत्साहन गर्ने गरेको उनका पिए पाण्डेले बताए । पार्टीले निर्वाचनमा हार ब्यहोरेपछि भने करिश्मा आफु पढाइमा फोकस भएका बताउने र पार्टीको बैठकहरुमा नआउने गर्दथिन् । पछि डा. भट्टाराई ले नै फोन गरेर करिश्मालाई बोलाएका थिए ।

पार्टी एकता घोषणा सभामा उपस्थित भएकी करिश्माले आफु २५ जनाको पदाधिकारीभित्र नपरेपछि असन्तुष्टी व्यक्त गरेकी थिईन् । पदाधिकारी भित्र नराखेर पार्टीले आफ्नो अपमान गरेको करिश्माको आक्रोश थियो । त्यसै विषयमा छलफल गर्नका लागि सांग्रिला होटलमा डा. भट्टराई सहित उनका पिए विश्वदिप पाण्डे र करिश्मा छलफलमा बसे । छलफलमा उनलाई राजनीतिक समितिमा राखिने कुरा भएको थियो । त्यहाँबाट छुटेपछि आफुलाई अन्य पार्टीको मानिसहरुको फोन आएको भन्दै करिश्माले पाण्डेसंग बार्गेनिङको भाषामा कुरा गरेकी थिइन् । त्यसको भोलिपल्टै उनले सामाजिक संजालमार्फत पार्टी त्यागेको घोषणा गरेकी थिईन् ।

पार्टी छोडेपछि करिश्मा डा. भट््टराई प्रति निकै आक्रमक ढंगले प्रस्तुत भएकी थिइन् । यतिसम्म कि उनले डा. भट्टराईसंग पार्टी व्यवस्थापन गर्ने क्षमता नभएको र ज्ञानले मात्र पार्टी नचल्ने बताईन् । पछिल्लो समय युट्युब र सामाजिक संजालमार्फत नयाँशक्ति र बाबुराम भट्टराईको विषयमा निकै भ्रमपुर्ण अभिव्यक्तिहरु दिन थालेपछि उनका पिए पाण्डेले डिफेन्स गर्दै राजनीतिक संस्कार सिक्न सुझाए । नछोड्नु छाडिसकेपछि हिलो नछ्याप्न समेत उनले आग्रह गरे ।

साभार दियो पोस्ट


सम्बन्धित शीर्षकहरु

गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको…

रियाद, २५ असोज। साउदी अरबको नेतृत्वमा रहेको यमन सरकारसमर्थक सैन्य गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा व्यापक हवाई कारबाही गर्दै…

इरान युद्धको नयाँ मोर्चा: रियाद विमानस्थलमा आक्रमण, १२ जनाको मृत्यु; हुथीविरुद्ध युद्धमा उत्रिने अमेरिकाको सङ्केत साउदी अरबको राजधानी रियादस्थित किङ…

प्रतिकृयाहरू
...