Monday 6th May 2024

२५ पदाधिकारीमा आफ्नो नाम नआएपछि करिश्माले पार्टी छोडेको खुलाशा


तितोपाटी – कलाकार करिश्मा मानन्धरले नयाँ शक्तिबाट व्यक्तिगत स्वार्थ पुरा नभएपछि पार्टी परित्याग गरेको खुलासा भएको छ । पछिल्लो समय डा. बाबुराम भट्टराईको चर्को आलोचना गर्दैै आएकी करिश्माले पार्टी पदाधिकारीभित्र स्थान नपाएकै कारण पार्टी छोडेको खुलेको हो । अत्यन्तै तीब्र आलोचना हुन थालेपछि पुर्व नयाँ शक्ति नेपालका संयोजक तथा संघिय समाजवादी पार्टीका सहसंयोजक डा. बाबुराम भट्टराईका पिए विश्वदिप पाण्डेले करिश्माको योगदान र उनले पार्टी छोड्नुको कारणको नालीबेली प्रस्तुत गरेका छन् ।

नयाँ शक्ति प्रवेश गरेदेखि स्थानिय तहको निर्वाचनसम्म करिश्मा पार्टीभित्र निकै खटिएकी थिईन । निर्वाचन सक्किएर जब परिणाम आयो त्यसपछि भने उनि केही निष्कृय भएकी थिइन् । पार्टीले थ्रेसहोल्डसमेत पुरा गर्न नसकेपछि करिश्मामा निराशापन आएको थियो, त्यो उनको ब्यवहारले स्पष्ट पार्दथ्यो । करिश्मा मानन्धरले हरेक समयमा नयाँ शक्तिले आफुलाई संरक्षण गर्न नचाएको आरोप लगाएकी थिईन । विश्वदिप पाण्डेका अनुसार करिश्मालाई पार्टीले आवश्यकता भन्दा बढी संरक्षण दिएको थियो । पार्टीभित्र रहेका अन्य महिला नेतृहरु कल्पना धमला, बलावती शर्मा, लिला भण्डारी लगायतका बाबुराम भट्टराई संगसंगै सहयात्रा गर्दै आएका नेताहरुलाई वाइपास गरेर करिश्मा मानन्धरको नाम समानुपातिक तर्फको पहिलो नम्बरमा राखिएको थियो । विश्वदिप पाण्डे भन्छन्, सायद करिश्माको सट्टामा डा. भट्टराईले अरुलाई नै बोकेर हिँड्नुपथ्र्यो ।

करिश्मा मानन्धरले नयाँ शक्ति र बाबुराम भट्राइले आफुलाई भीड जम्मा पार्ने कलाकारको रुपमा मात्र हेरेको आरोप लगाउँदै आएका छन् । त्यसो भन्दै गर्दा पार्टीभित्र उनलाई गरिएको संरक्षण उनलाई दिइएको जिम्मेवारीको पुनरावलोकन गर्न पाण्डेले सुझाए । पार्टीमा लागेपछि डा. भट्टराई स्वयंम् ले नै करिश्मालाई निकै प्रोत्साहन गर्ने गरेको उनका पिए पाण्डेले बताए । पार्टीले निर्वाचनमा हार ब्यहोरेपछि भने करिश्मा आफु पढाइमा फोकस भएका बताउने र पार्टीको बैठकहरुमा नआउने गर्दथिन् । पछि डा. भट्टाराई ले नै फोन गरेर करिश्मालाई बोलाएका थिए ।

पार्टी एकता घोषणा सभामा उपस्थित भएकी करिश्माले आफु २५ जनाको पदाधिकारीभित्र नपरेपछि असन्तुष्टी व्यक्त गरेकी थिईन् । पदाधिकारी भित्र नराखेर पार्टीले आफ्नो अपमान गरेको करिश्माको आक्रोश थियो । त्यसै विषयमा छलफल गर्नका लागि सांग्रिला होटलमा डा. भट्टराई सहित उनका पिए विश्वदिप पाण्डे र करिश्मा छलफलमा बसे । छलफलमा उनलाई राजनीतिक समितिमा राखिने कुरा भएको थियो । त्यहाँबाट छुटेपछि आफुलाई अन्य पार्टीको मानिसहरुको फोन आएको भन्दै करिश्माले पाण्डेसंग बार्गेनिङको भाषामा कुरा गरेकी थिइन् । त्यसको भोलिपल्टै उनले सामाजिक संजालमार्फत पार्टी त्यागेको घोषणा गरेकी थिईन् ।

पार्टी छोडेपछि करिश्मा डा. भट््टराई प्रति निकै आक्रमक ढंगले प्रस्तुत भएकी थिइन् । यतिसम्म कि उनले डा. भट्टराईसंग पार्टी व्यवस्थापन गर्ने क्षमता नभएको र ज्ञानले मात्र पार्टी नचल्ने बताईन् । पछिल्लो समय युट्युब र सामाजिक संजालमार्फत नयाँशक्ति र बाबुराम भट्टराईको विषयमा निकै भ्रमपुर्ण अभिव्यक्तिहरु दिन थालेपछि उनका पिए पाण्डेले डिफेन्स गर्दै राजनीतिक संस्कार सिक्न सुझाए । नछोड्नु छाडिसकेपछि हिलो नछ्याप्न समेत उनले आग्रह गरे ।

साभार दियो पोस्ट


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...