Tuesday 4th August 2026

देवघाटमा संस्कृत पढ्ने सबैले ल्याए ए प्लस


तितोपाटी – देवघाटमा रहेको हरिहर सन्यास आश्रमले सञ्चालन गरेको श्री परमानन्द संस्कृत गुरुकुलका सबै १४ जना विद्यार्थीले यस वर्षको एसईईमा ए प्लस ल्याएका छन् ।

गुरुकुलका संस्थापक प्राचार्य तथा व्यवस्थापक मुक्तानन्द सरस्वतीका अनुसार २०६३ सालबाट गुरुकुलले एसएलसी परीक्षा दिन थाले पनि यसपटक अहिले सम्मकै उत्कृष्ट नतिजा आएको हो । उनले अघिल्ला वर्षको परीक्षामा ए र केहीको ए प्लस आए पनि सबैको ए प्लस आएको भने पहिलोपटक भएको बताए । उनीहरुले अनिवार्य अंग्रेजी, सामाजिक, गणित र नेपाली जस्ता विषयको साथै संस्कृतमा कर्मकाण्ड, वेद र संस्कृत भाषा साहित्य जस्ता विषयमा परीक्षा दिएका थिए । संस्कृत विद्यापीठको रुपमा स्थापित यस गुरुकुलबाट शास्त्रीसम्मको अध्ययनअध्यापन हुने पूर्वप्राचार्य सरस्वतीले जनाए ।

विसं २०२८ सालमा जहाँ गुरु तपस्या गर्दजे त्यही अध्ययन गराएर पठनपाठन सुरु भए पनि गुरुकुलको रुपमा भने विसं २०५३ सालमा स्थापना भएको थियो । गुरुकुलमा अहिले पनि देशका विभिन्न जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यापीठमा पढ्ने सबै विद्यार्थीहरु आवासीय सुविधासहित पूर्णतया निःशुल्क पढिरहेका छन् । भक्तहरुले दिने दान, दक्षिणा र भेटीका भरमा विद्यापीठ चलिरहेको पूर्वप्राचार्य सरस्वतीले बताए । उनले धर्म, संस्कृति र संस्कार निर्माणको लागि विद्यापीठको महत्वपूर्ण भूमिका हुने बताए । विद्यालयका विद्यार्थीहरुले लगौटी, धोती, कुर्ता लगाउँनुपर्छ, बिहानबेलुका गायत्री मन्त्र जप्नुपर्ने नियम रहेको छ । गुरुकुलले जनाए अनुसार अन्य विद्यालयमा पढेका भन्दा गुरुकुलका विद्यार्थीहरु बढी अनुशासित हुन्छन् । पछिल्लो समयमा युरोप, अमेरिका जस्ता विकसित देश सबैतिर संस्कृत शिक्षाको आकर्षण बढिरहेकोले पनि उनीहरुको भविष्य स्वर्णिम रहेको गुरुकुलले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको केरल राज्यमा लगातार परेको भारी वर्षाका कारण बाढी, पहिरो र जलमग्नताको समस्या गम्भीर बन्दै गएको छ। पछिल्ला तीन दिनमा…

दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये…

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

प्रतिकृयाहरू
...