Sunday 11th October 2026

अछाममा ट्र्याकटर दुर्घटना हुँदा ३ को मृत्यु, ४ घाइते


तितोपाटी – अछामको चौरपाटी गाउँपालिका शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका-३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका -३ की लक्ष्मी साउद र काली साउदको पनि मृत्यु भएको छ।

उनीहरुमध्ये सहचालक रहेका रमेश साउदले गाउँपालिकाको दशपल्ले माविवाट यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी  र काली सोही विद्यालयको कक्षा ९ र ८ मा अध्ययनरत विद्यार्थी रहेको बुझिएको छ ।

लाइसेन्स नभएका सहचालक रमेशले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन्। अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

प्रतिकृयाहरू
...