Tuesday 4th August 2026

देशका २० स्थानमा शंकास्पद वस्तु फेला, ७ जना पक्राउ


तितोपाटी – बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ९ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् ।

यसैगरी कास्कीबाट १ जना मकवानपुरबाट १ जना र पश्चिम रुकुमबाट एक जना पक्राउ परेका छन् । यसैगरी देशका २० स्थानमा संकास्पद बस्तु फेला परेकोमा ९ वटा शंकास्पद बस्तु आतंक सिर्जना गर्नेगरी नक्कली वस्तु मात्रै राखिएको पाइएको छ। अन्य शंकास्पद बस्तु भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ स्थानमा ग्यास सिलिन्डर बम फेला परेको जनाएको छ । यस्तै २ स्थानमा सकेट बम, एक स्थानमा सुतली बम, एसिड बम र टाइम बम फेला परेको छ भने ४ ठाउँमा तोडफोटको घटना भएको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी रूसको क्रास्नोडार क्षेत्रस्थित कालो सागर (Black Sea) किनारको आर्खिपो-ओसिपोभ्का समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये…

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

प्रतिकृयाहरू
...