Friday 24th May 2024

रूपन्देहीमा बसले मोटरसाइकललाइ ठक्कर दिंदा २ को मृत्यु, शव जलेकोले सनाखतमा कठिनाइ


तितोपाटी – रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको…

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड…

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

प्रतिकृयाहरू
...