Saturday 18th May 2024

भारतको राजधानी दिल्लीमा एक शिक्षकले श्रीमती र ३ सन्तानको विभत्स हत्या गरे


तितोपाटी – भारतमा एक शिक्षकले श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या गरेका छन्। राजधानी नयाँ दिल्लीको महरौलीमा शुक्रबार एक पुरुषले परिवारकै चार जनाको हत्या गरेका हुन्।

उनका दुई छोरी र एक छोरा थिए। जेठो छोरी ७ वर्षकी, छोरा ५ र कान्छो छोरी २ महिनाका थियो। उनले सबैको शुक्रबार राति साढे एक बजे हत्या गरेका हुन्। उनलाई प्रहरीले गिरफ्तार गरेको छ। घटनास्थलमा उनले चारै जनाको हत्या आफैले गरेको भन्दै एक नोट पनि लेखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि चारै जनाको हत्या उनैले गरेको खुलेको समाचारमा जनाइएको छ। उनी बस्ने घरमा उनकी आमा पनि बस्थिन। शनिबार बिहानसम्म उनी सुत्ने कोठाको ढोका नखुलेपछि छिमेकीलाई खबर गरेकी थिइन्।

छिमेकीले पनि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो। उनी एक विद्यालयका शिक्षक रहेकाे समाचारमा जनाइएको छ। यदपि उनकाे परिचय भने खुलाएएको छैन। उनले यस्तो किन गरे भन्ने केही खुलेको छैन। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...