Thursday 27th August 2026

म्याग्दीमा लागुऔषध सहित २ महिला र ४ पुरूषको लागुऔषध कारोबारी समुह पक्राउ


तितोपाटी – म्याग्दी जिल्लाको बेनी बजार आसपासबाट ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति शनिवार साँझ बेनी बजारका आसपासबाट लागुऔषध कारोबारमा सक्रिय २ जना युवती र ४ जना युवाको समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ ।

लागुऔषध कारोबारी बाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

मरासिनीको अनुसार, पक्राउ परेकाहरुले व्यवसायिक रुपमा लागुऔषध कारोबार गर्दै आएको खुलेको छ । लागुऔषध सहित पक्राउ पर्नेमा बेनपा–८ की रेजिना श्रेष्ठ, बिजय बानियाँ, रघुगंगा गाउँपालिका–१ का निखिल फगामी, मंगला गाउँपालिका –३ की सिता केसी, बेनपा–९ का राजकुमार शेरपुञ्जा, रघुगंगा गाउँपालिका– ६ का प्रविण छन्त्याल रहेको बताएका छन । रातको समयमा शंकास्पद रुपमा हिँडीरहेको अबस्थामा पक्राउ गरिएकाहरुबाट थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...