Friday 15th May 2026

डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएपछि ओम अस्पतालमा तनाब


तितोपाटी – अधिल्लो बिहिबार हिँडेरै अस्पताल गएकी इन्द्राबती – १० सिन्धुपाल्चोककी रामप्यारी थापाको अप्रेशन गर्ने क्रममा आन्द्रामा प्वाल पर्न गइ  ओम अस्पताल चाहबिलमा मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले शुक्रबार दिनभर प्रदर्शन जारी राखेका छन्। प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि ढुंगामुढा गरेको छ। ढुंगामुढा प्रहारका कारण बिरामीका आफन्तलाई चोटपटकसमेत लागेको बताइएको छ। शान्तिपूर्ण प्रदर्शनमा अस्पतालले घुसपैठ गरी ढुंगामुढा प्रहार गर्न लगाएको उनीहरूको गुनासो छ।

अघिल्लो शुक्रबार सोही अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएकी सिन्धुपाल्चोक इन्द्रावती–१० की रामप्यारी थापाको मृत्यु भएपछि अस्पतालमा विवाद चर्किएको हो। मृत्युको दुई दिन बितिसक्दा पनि आफन्तले मृतकको शव बुझेका छैनन्। आफन्तका अनुसार थापाको गत शुक्रबार अस्पतालका डा. रविन कोइरालाले उनको लेजरथेरापीबाट शल्यक्रिया गरेका थिए। शल्यक्रियाको क्रममा उनको आन्द्रामा प्वाल परेकाले सेफसिस भएर बिरामीको मृत्यु भएको थियो।

मृतकका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सक कोइरालालाई कारबाही हुनुपर्ने, मृतकका पति मुटुरोगी भएका र छोरा पढ्दै गरेकाले उनीहरूको औषधोपचार तथा शिक्षाको व्यवस्था गर्नुपर्ने र अस्पतालले अर्कोपटक यस्तो घटना दोहोरिन नदिने सम्झौता गर्नुपर्ने माग अघि सारेका छन्। अस्पतालले पीडितसँग वार्ता गर्नुपर्नेमा उल्टै दमन गरेको मृतकका बहिनीज्वाइँ खड्ग श्रेष्ठको आरोप छ। ‘अस्पतालमा यस्तो घटना भएको १९औं पटक भएको रहेछ, अब अरूमा यस्तो लापर्बाही नहोस् भन्न चाहन्छौं,’ उनले भने। क्षतिपूर्ति र कारबाही नभएसम्म प्रदर्शन जारी राख्ने उनीहरूले बताएका छन्।

घटनाको विषयमा अस्पतालका निर्देशक केपी देवकोटाले अस्पतालको तर्फबाट लापर्बाही नभएको दाबी गरेका छन् भने घटनापछि अस्पताल तोडफोड भइसकेको अवस्थामा अबको विवाद प्रहरीले सुल्झाउने जवाफ दिए। उनले भने, ‘बिरामी पक्षले हामीलाई प्रत्यक्ष रूपमा गल्ती देखाउन सक्दैनन्, बाहिर मात्र यसरी प्रस्तुत भएका छन्।’

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...