Wednesday 18th March 2026

कोरियामा जान चाहने युवाहरू बढे, ८४ भन्दा बढि यस वर्ष परिक्षामा सहभागी


तितोपाटी – सरकारको योजना र काम गराईमा भिन्नता छ । स्वदेशमै रोजगार सृजना गर्ने दाबी गरेको सरकारले वैदेशिक रोजगारीमा पनि उत्तिकै युवाहरुलाई पठाउने नीति लिएको छ । दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली इपीएस मार्फत आगामी २०२० का लागि १० हजार ५० नेपाली प्रशिक्षार्थी कामदार लैजाने सम्झौता अनुसार भाषा परीक्षा लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नेपाली रोजगारका लागि विदेश जानुनपर्ने बताए पनि सरकारले दक्षिण कोरियासहित विभिन्न मुलुकमा रोजगारीका लागि श्रम सम्झौता बढाएको छ । अहिले दक्षिण कोरियाको रोजगारी अनुमति प्रणाली इपीएस मार्फत सन् २०२० का लागि कामदार लैजाने सम्झौता अनुसार शनिवार भाषा परीक्षा सम्पन्न भएको छ ।

भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जना युवाले फारम भरेकोमा ८४ हजार २ सय १५ जना परीक्षामा सहभागि भएको बैदेशिक रोजगार विभागले जनाएको छ । कोरियन सरकारको मापदण्ड अनुसार १८ वर्षदेखि ३९ वर्ष उमेर समुहकाहरुले भाषा परिक्षामा सामेल भएका छन ।

नेपालबाट ठूलो जनशक्ति रोजगारका लागि श्रम बेच्न विदेश पलायन हुने अवस्थालाई अन्त्य गर्न भन्दै सरकारले गत फागुन १ गतेबाट सुभारम्भ गरी सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमबारे नै युवाहरु बेखबर छन् । उनीहरुले बेरोजगारी समस्या समाधान गर्न रोजगारका लागि विदेशमा पलायन हुनु पर्ने बाध्यता रहेको बताए । परीक्षाको नतिजा आगामी असार १३ गते प्रकासित हुने छ ।

सरकारले रोजगारी दिन नसके १ सय दिनको भत्ता समेत बेरोजगारलाई उपलब्ध गराउने बताउदै आएको थियो तर यो समेत कार्यान्वयनमा आएन । यो भत्ता समेत प्राविधिक कारणले उपलब्ध गराउन नसकिएको सरकारी भनाई छ । मुलुकलाई आवश्यक पर्ने १८ देखि ३९ उम्मेर समुहका युवाहरुको रोजगारीका नाममा विदेश पलायनले मुलुकलाई ठुलो असर पर्ने भएपनि सरकार गम्भीर नदेखिएको कतिपयको विश्लेषण छ ।

-न्यूज२४नेपाल बाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...