Monday 7th September 2026

नयाँ दिल्लीबाट फर्किए प्रधानमन्त्री


तितोपाटी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्।

दुई दिने भारत भ्रमणपछि फर्किएका उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग भने कुनै प्रतिक्रिया दिएनन्। प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो। भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले आज बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गरे।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...