Saturday 10th October 2026

पर्वतमा ७ वर्षीया बालिका बलात्कृत


तितोपाटी – दक्षिण पर्वतमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको विहादी गाउँपालिकाकाकी बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको हो ।

जिल्लाको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम र्गने सुरजले विद्यालयबाट केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेका हुन् । सुरजको स्थायी घर पैयूँ गाउँपालिका–६ सरौँखोला भएको र उनले घटना स्वीकारेको गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे भाग्दै गरेको अवस्थामा सुरजलाई पक्राउ गरेको बताएको छ । पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको छ । प्रकाउ परेका सुरजलार्य जिल्ला प्रहरी कार्यालय लगेर अनुसन्धान गरी कारबाही अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...