Monday 3rd August 2026

टुँडिखेलमा किरात समुदायको साकेला नाच


तितोपाटी- किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गरी मनाएको छ ।

साकेला उभौली सृष्टिकालदेखि प्रकृति र मानव उत्पत्तिको कथा बोकेको किरात समुदायमा मुन्धुमको महत्वपूर्ण स्थान रहेको छ । मुन्धुम शब्दको अर्थ ‘मु’ भनेको आगो र ‘दुम’ भनेको हिँड्नु हो ।

यसको किराँत समुदायमा मुन्धुमको अर्थ उज्यालोतिर लाग्नु भन्ने हुन्छ । यस अर्थले सम्पूर्ण किरात समुदाय आजको दिनदेखि उज्यालोतिर अर्थात् राम्रो मार्गतिर जाने हुन्छ ।

उनीहरुका अनुसार किरात जातिमा मुन्धुमको लिखित इतिहास छैन । त्यसैले किरात जातिको संस्कृति तथा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।

मुन्धुम किरातका सामाजिक संस्कार तथा संस्कृतिको मूल आधार हो । दमेवाहाङ्ग राई जातिमा रहेको मिथकअनुसार किरातका चार छोरा थिए । खोवालुङ्ग (हाल चतरा)बाट दूधकोशी, अरुण, तमोर नदी पछ्याउँदै छुटिएको, कान्छा भाइ खोवालुङ् चतराधाम वरिपरि नै रहेको भन्ने किरातको जनविश्वास छ ।

त्यसमा माहिला भाइ मेवाहाङ्ग हो । उसले अरुण नदी पछ्याउँदै यसको वरिपरि आवाद गरी बसेको छ । हालको किरातको बसोबासको स्थिति हेर्दा यसको प्रमाणित गर्दछ ।

किरात राई यायोक्खाका अध्यक्ष तथा प्रमुख अतिथि विवश राईले साकेला उभौलीमा सफल बनाउन सहयोग गर्ने विभिन्न सङ्घसस्था तथा महानुभावलाई कदरपत्र प्रदान गर्दै नेपालको किरात जातिको उद्गमको इतिहास बोकेको उभौली देशको नै सम्पत्ति भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले किरात जातिको संस्कृति तथा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको बताउँदै किरातको महत्वपूर्ण मुन्धुमले हाम्रो सामाजिक संस्कार तथा संस्कृतिको मूल आधार पनि हो भने ।


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

प्रतिकृयाहरू
...