Monday 19th October 2026

नेपालले सगरमाथाको उचाइ नाप्यो


तितोपाटी – नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ। बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो। प्रमुख नापी अधिकृत (उपसचिव) खिमलाल गौतम, नापी रविन कार्कीसहितको टोली बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेको हो।

उनीहरुको साथमा नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङबु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए। नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको जोशीले बताए। सगरमाथाको उचाइ कति भन्ने नतिजा भने ५–६ महिनापछि मात्रै थाहा हुने सहसचिव जोशीले बताए।

सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिँडेको थियो।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...