Sunday 1st November 2026

मोडल खुश्बु ओलीलाइ चेक बाउन्स काण्डमा ३ महिना जेल


तितोपाटी – मोडल तथा पुर्व मिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ। गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको हो।

कटुवालले  दुई वर्षअघि ओलीलाई  ३६ लाख रूपैयाँ सापटी दिएका थिए। उक्त सापटी फिर्ता गर्न ओलीले दिएको कुमारी बैंक न्युरोड शाखाको चेक साट्न जाँदा पैसा नभएको कटूवालको जिकिर थियो। लगातार चेकसाट्न जाँदा पनि पैसा नभएपछि कटुवालले साउन २९ गते अदालतमा मुद्दा दिएका थिए।

चेक अनादार गरेको भन्दै खुश्बु ओलीलाई कानुनबमोजिम सजाय हुनुपर्ने उनको दाबी थियो। ओलीले  कटुवाललाई ३६ लाख रूपैयाँ पनि तिर्नुपर्ने पनि फैसलामा उल्लेख छ।

खुश्बु ओली सन् २००० मा मिस टिन भएकी थिइन्। त्यसयता उनी मोडलिङ गर्दै आएकी छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

प्रतिकृयाहरू
...