Monday 19th October 2026

अष्ट्रेलियाको विश्वविद्यालयमा शेष घले दम्पतिको नाममा छात्रवृत्ति


तितोपाटी – नेपाली मुलका अष्ट्रेलियन अर्बपति शेष घले र जमुना गुरुङका नाममा अष्ट्रेलियाको फेडरेसन युनिभर्सिटीले छात्रवृत्ति स्थापना गरेको छ । उनीहरुका नाममा स्थापित छात्रवृत्ति अन्तर्गत पहिलोपटक तीनजना छात्राहरुले छात्रवृत्ति पाएका छन् । गत बिहीबार साँझ विश्वविद्यालयले एक नेपाली, एक भारतीय र एक अष्ट्रेलियन छात्रालाई जनही ७–७ हजारका दरले छात्रवृृत्ति प्रदान गरेको हो ।

केही साताअघि फेडेरेसन युनिभर्सिटीले शेष र जमुनाका नाममा छात्रवृत्ति स्थापना गर्न घले दम्पत्तिसमक्ष प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार्दै उनीहरुले हरेक साल छात्राहरुलाई मात्र यो छात्रवृत्ति दिने सर्त राखेका थिए । फेडेरेसन युनिभर्सिटी मातहत विभिन्न क्याम्पसमा अध्ययनरत जेहेन्दार छात्राहरुलाई यो छात्रवृत्ति दिइने छ ।

यसपटक एमआईटी कलेजअन्र्तगत सिड्नी क्याम्पसमा अध्ययनरत नेपाली छात्रा शर्मिला खनाल, एमआईटी मेलवर्न क्याम्पसमा अध्ययनरत भारतीय छात्रा कविता शर्मा र फेडरेसन युनिभर्सिटीमा अध्ययनरत केला थर्निकफ्टले जनही सात सात हजार डलरको छात्रवृत्ति पाएका छन् । शेष र जमुनाले स्थापना गरेको एमआइटी कलेजले फेडरेसन युनिभर्सिटीको कोर्स अध्यापन गराउँछ । घले दम्पत्तिले यो विश्वविद्यालयलाई दुई वर्ष पहिले २ लाख डलर अनुदान दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...