Friday 6th March 2026

कुवेतबाट राष्ट्रपतिलाइ खुल्ला पत्र


सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू

राष्ट्रपतिको  कार्यलय ,शितल निवास

काठमाडौं

खाडीको देश कुवेतबाट हार्दिक नमस्कार ।

सम्माननीय राष्ट्रपति ज्यू , म एउटा परदेशिएको नारी । आफ्नो श्रीमान , बालबच्चा तथा आमाबुवा सासुससुरा लगायतको उज्जवल भविश्यको निम्ति मरुभूमिको खाडी मुलुक कुवेतमा आफ्नो पसिना बगाउन बाध्य छु । मैले अरुको देशमा पसिना बगाएपनि आफ्नो, अस्मिता ईज्जतलाई बेचेको छैन । आफ्नो मान, मार्यदा, स्वाबलम्बि, सबैलाई बचाएर निरन्तर घर परिवार,समाज र देशको लागि आफुले गर्नु पर्ने कर्तव्य गरिरहेको छु ।

सम्माननीय राष्ट्रपति ज्यू , म एउटि नारी भएर विदेशिनुको पीडा मलाई नै थाहा छ। जब एउटी नारी आफ्नो घरपरिवारलाई छोडेर अर्काको देशमा आउछ नि त्यो नारी प्रतिको समाजले हेर्ने दृस्टिकोण कस्तो हुन्छ भन्ने कुरा हजुरलाई अवगत नै होला । आज त्यहि सम्पुर्ण नारीहरुको बेदनालाई मेरो भित्री मनबाट कोर्न गैइरहेको छु । यदि मेरो बेदनाहरुले तपाईको व्यक्तिगत जिवनमा ठेस लाग्छ भने दस औला जोडेर क्षमा चाहन्छु । म एउटी नारी भएकोले हजुरलाई कुन शब्द्धले सम्बोधन गरौ ? त्यसमा पनि हजुर देशको सबै भन्दा ठुलो गरिमामय पदमा आसिन पहिला हुनुहुन्छ । सम्माननीय राष्ट्रपति ज्यू , यो पत्र लेख्न मन त थिएन तर आज मेरो हृदयको भित्रबाट उकुसमुकुस भएर नै लेख्न बाध्य भएकी छु । जब मेरो पढ्ने लेख्ने उमेर थियो त्यतिखेर म जस्ता हजारौ युवा युवतीलाइ देशको सुनौलो भिवश्यको सपना देखाएर हामी जस्ता हजारौको त्याग बलिदानबाट नै लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था आएको होइन र ? नयाँ नेपाल, गणतन्त्र नेपाल ! तर आज कहाँ गयो त्यो नयाँ नेपाल, गन्तत्रन्त नेपाल ? आज हजुर एउटी महिला ( नारी ) जो देशको सबैभन्दा ठुलो पदमा हुनुहुन्छ, तपाई देशभरिका नारीहरुको प्रतिनिधित्व गर्दै हुनुहुन्छ सर्वच पदमा बसेर । जब त्यो पद को सपथग्रहण गर्नु भयो मेरो छाती गर्वले फुलेको थियो कि अब नेपालमा नारी हिंशाको लागि आवाज बुलन्द हुन्छ भनेर । हजुरको कर्तव्य पनि थियो नारीहरु प्रतिको समान हकाधिकार, हिंशा-बलात्कारको विषयमामा आवाज बुलन्द गर्नु तर आज के न्याय पाए नारी ( महिला)ले ?

परदेशिएका हजारौ हजार नारीले पठाएको रेमिट्यान्स आज तपाई र तपाईहरु लगायतले करोडौको गाडिमा चढन पाउनु भएको छ। खै त कुरा बुझ्नु भएको तपाईले ? आज हाम्रै देशमा रोजगारिको ब्यवस्था भए को भए म जस्ता हजारौ हजार नारीहरु पसिना बगाउदै नर्कको जिवन जिउनु पर्ने थिएन होला । के हामी नारीहरुको रहर हुँदैन आफ्नो घरपरिवार बाल बच्चा सङ्ग सङ्गै हुन ? हाम्रो देशमा रोजगारीको राम्रो ब्य्वस्था भएको भए हामी जस्तो दिदिबहिनीहरु खाडीमा आएर नर्कको जिवन बाच्न बाध्य हुन पर्ने थिएन होला ।अरुको देशमा आएर ५०° को घाममा पसिना बगाउन बाध्य हुन पर्ने थिएन ।

सम्माननीय राष्ट्रपति ज्यू,अब त नयाँ नेपाल होइन, गन्तन्त्र नेपाल होइन, मरतन्त्र नेपाल आईसक्यो जस्तो लाग्छ । अहिले नेपाली नारिहरु चाहेर पनि आफ्नो देशमा फर्किन पाएका छैनन् । किन ? किनकी नेपाल सरकारले घरेलु कामदारहरु विदेस आउन बन्देज लगाएको छ । यहाँ विदेशमा जसको काम गर्ने स्थल राम्रो छ … साहु साहुनी राम्रा छन् छुट्टी गएर फेरि आउन चाहन्छन् तर नेपालको कानुनले नेपाल फर्किए पछि फेरि त्यहि काममा फर्किने ब्यवस्था गरेको छैन (खासगरि २० न. भिसाको हकमा) यस विषयमा ध्यान जाओस । परदेशिएका नारीहरुले भोग्न परेका विविध दुःख प्रति विशेष ध्यान जाओस ।

अर्को कुरा अहिलेको बर्तमान नेपाल नेपाल होइन जस्तो लाग्न थालेको छ,जहाँ मान्छेले मान्छे मारेर खाने देश भएको छ । यि कुराहरु सुन्दा एउटी परदेशिएकी नारीको मन कति दुख्छ होला ? हरेक दिन बिहान उठ्यो आफ्नो आफ्नो काममा गयो साँझ परेपछि कोठामा आयो ,दिनभरिको थकाईले शरीर भारी हुँदा पनि घर परिवार लाई सम्झन मोबाईल खोल्यो वा टिभि हेर्यो भने – यो ठाउँमा नारीको हत्या , त्यो ठाउमा नारीको बलात्कार, फलानो ठाउँमा महिला हिंशा, चिलानो ठाउँमा मानसिक यताना, अर्को दिन शारीरिक शोषणको खबर आईरहेको हुन्छ । सम्माननीय राष्ट्रपति ज्यू लेख्न मन थिएन तर अकालमा ज्यान गुमाएका नारीहरु प्रतिको दाया र मायाको भावले यि शब्द लेख्दै छु ।

सम्माननीय राष्ट्रपति ज्यू – के हुदै छ हाम्रो नेपालमा? हाम्रो देशमा किन दिनप्रति दिन यस्तो खालको घटना घटिरहेको छ ? के हाम्रो देशमा कुनै कानुन छैन ? तपाई जस्तो एउटी महिला ( नारी) राष्ट्रको गरिमामय पदमा बसेर, त्यसमा पनि दुईवटा छोरी जन्माईसकेकी नारी भएर अलिकति पनि नारी प्रति दया, माया, मानवता जाग्दैन ? यदि आज निर्मला पन्तको हत्यारालाई सरकारले चाडो भन्दा चाडो पत्ता लगाएर कार्वाही गरेको भए एति सम्म हुन्न थियो होला । नेपालको सरदर आकडा हेर्ने हो भने दिनहु ५०/६० जना नारी कुनै न कुनै प्रकारले महिला हिंशामा परिरहेको हुन्छ । ति नारीहरुको हत्या वा हिंशा नभएर तपाईको छोरी चेली आफन्तले त्यो पीडा भोग्न परेको भए तपाइ के गर्नु हुन्थ्यो ? तपाईलाई त्यतिबेला बल्ल महसुश हुन्छ होला हिंशा र पीडा कस्तो हुन्छ भनेर ? तपाईको पदलाइ मामाको घोडी हि हि हि नबनाउनुस। तपाई महिला राष्ट्रपति मात्र होइन नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति हो ।

जब हजुरले नारी भएर राष्ट्रपतिको सपथ लिनु भयो त्यतिखेर मेरो चाति फुलेर चौडा भएको थियो कि अब नेपालमा नारीको जय हुन्छ भनेर तर त्यस को ठिक बिपरित ध्रुवमा तपाइँ उभिएको देख्दा मन मनै धिकारदै छु। एउटा नारी भएर नारीको पक्षमा दरिलो कानुन बनाउन नसक्ने ? महिला हिंशा हत्यारालाई पक्रन आदेश दिन नसक्ने ? मलाई लाग्छ त्यो गरिमामय पदमा तपाइँ रहनु बस्नुको औचित्य छैन । भनिन्छ नि एउटा नारीको दुस्मन अर्को नारी नै हुन्छ भनेर, हो रहेछ । के यि कुराहरु प्रति नेपाल सरकारको ध्यान दिलाउन तपाईको कर्तव्य होइन र.? परदेशमा बसेर देशको राम्रो समाचर सुन्न पाईयोस भनेर टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा हेर्यो, सधैं  नारीको हत्या बलत्कार भएको हेर्न र सुन्नु पर्दा साह्रै मनमा दुख लाग्छ ।

किन हरेक दिन  यस्तो घटना घट्दैछन्, बढ्दैछन ? किन सरकारको ध्याल त्यातिर जादैन ? सम्माननीय राष्ट्रपति ज्यू हजुर महिला भएको कारणले यि प्रश्न गरेकी हु । के नारी भएर जन्मिनु महापाप हो ? के आज त्यहि पापको फल भोग्दैछन् नेपाली नारीहरुले .?

लेख्दा लेखदै पत्र लामो भयो सम्माननीय राष्ट्रपति ज्यू ! रिसानी माफ गर्नु होला, आज म जस्ता लाखाैं नारीहरु खाडीमा पसिना बगाउँदै काम गर्दै दिनहरु बिताउदैछाैं । घर , परिवार समाज र देशछोडेर तर घरमा भएको आफ्नो छोराछोरीको चिन्ताले दिनरात सताउछ कि मेरो पनि छोरी छ भनेर ? कतै मेरो छोरी पनि त त्यहि हिंशाको सिकार बलत्कारीको सिकार हुने त होइन ? हामी जस्तो नारी परदेशमा काम गरिरहँदा घरको छोरी प्रतिको पीरले सताईरहेको छ । तपाई त अघि पछि पाले पहरा राखेर करौडौको गाडी र अरौबौको हेलिकप्टर चढेर देश दौडहा गर्नु हुन्छ। तपाई जस्तो घुमन्तेलाई के पीडा ? के चिन्ता ? के दुःख हुन्छ होला र ! हामी यहाँ छातीमा डुङ्गा राखेर बाँचिरहेका छौ । हाम्रो देशमा प्रत्येक नारी असुक्षित छन सम्माननीय राष्ट्रपति ज्यू । यो मेरो व्यक्तिगत गुनासो होइन, यो सम्पुर्ण नारी आमाहरुको गुनासो हो, अन्यथा नलिनु होला । यो यथार्थपरक समस्या हो नारी माथि हाम्रो देशमा भइरहेको तीतो सत्य हो । त्यसैले, सम्माननीय राष्ट्रपति ज्यू, यि सम्स्याहरुलाई तत्काल सरकारलाई समाधान गर्न निर्देश दिनु हुन्छ भने लागेको छ ! किन की नारिको सम्मान्न नै देशको सम्मान हो । यति काम गर्नु भयो भने नेपालको इतिहासमा हजुरको नाम असल भनेर दर्ज हुनेछ । त्यसमा पनि हजुर एउटी नारी भएर सोच्नुहोस । बाँकी तपाईको कार्यकाल सहि सदुपयोगको शुभकामना ।

धन्यवाद !

पुर्णिमा बुढा मगर
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...