Thursday 8th October 2026

वैदेशिक रोजगारीबाट बिदामा आएकाको मृत्यु भए सरकारले सात लाख दिने


तितोपाटी-  सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ।

सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो।

उपचारका क्रममा मृत्यु भएकामात्र नभइ साधारण बिदामा आएको अवस्थामा मृत्यु भएमा पनि युवालाई सहायता रकम दिनेगरी कानुनी व्यवस्था गर्न लागिएको छ।

वैदेशिक रोजगार बोर्ड सञ्चालक समिति बैठकले करार अवधिमा बिदा आएर स्वदेशमा मृत्यु भएका युवालाई सहायता दिनेबारे प्रस्ताव तयार गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। याे समाचार आजको कारोबार दैनिकमा छ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...