Monday 29th April 2024

वैदेशिक रोजगारीबाट बिदामा आएकाको मृत्यु भए सरकारले सात लाख दिने


तितोपाटी-  सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ।

सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो।

उपचारका क्रममा मृत्यु भएकामात्र नभइ साधारण बिदामा आएको अवस्थामा मृत्यु भएमा पनि युवालाई सहायता रकम दिनेगरी कानुनी व्यवस्था गर्न लागिएको छ।

वैदेशिक रोजगार बोर्ड सञ्चालक समिति बैठकले करार अवधिमा बिदा आएर स्वदेशमा मृत्यु भएका युवालाई सहायता दिनेबारे प्रस्ताव तयार गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। याे समाचार आजको कारोबार दैनिकमा छ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...